शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

रुसको सुरक्षामा सम्झौता हुन सक्दैन : पुटिन

बुधबार, ११ फागुन २०७८, २१ : ४८
बुधबार, ११ फागुन २०७८

राष्ट्रपति भ्लादिमिर पुटिनले रुसको स्वार्थ र सुरक्षामा कुनै सम्झौता नहुने बताएका छन् ।  यूक्रेनतर्फको सीमामा थप रूसी फौजहरू भेला भएको भन्दै यूक्रेनसहित उसका पश्चिमा सहयोगी मुलुकहरूले रुसमाथि आरोप लगाएको बेला पुटिनले भिडिओ सम्बोधनमार्फत देशको सुरक्षा र स्वार्थ विपरीत सम्झौता गर्न नसकिने बताएका हुन् ।

अमेरिकी राष्ट्रपति जो बाइडनले अमेरिकी गुप्तचर निकायको गोप्य सूचनालाई आधार बनाएर ‘रुसले हमलाको सुरुवात’ गरिसकेको भन्दै मस्कोलाई थप प्रतिबन्धको चेतावनी दिएको केही घण्टामा पुटिनको पछिल्लो प्रतिक्रिया आएको हो । 

पुटिनले रुस सधैँ ‘सिधा र खुलस्त संवादका लागि तयार रहेको’ बताउनुभएको छ । सेनामा पूर्ण विश्वास रहेको कुरासमेत आफ्नो सम्बोधनमा उनले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप