शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सामसङ्गले नेपाली बजारमा ल्यायो ‘एस२२’ सिरिज

बुधबार, ११ फागुन २०७८, २१ : ३९
बुधबार, ११ फागुन २०७८

सामसङ्गले आजदेखि नेपाली बजारमा आफ्नो सर्वाधिक प्रिमियम ब्रान्डको ग्यालेक्सी एस २२ अल्ट्रा, ग्यालेक्सी एस २२+ र ग्यालेक्सी एस २२ मोबाइलहरू उपलब्ध गराएको छ । ग्यालेक्सी एस२२ मा अल्ट्रा प्रिमियम स्मार्टफोनहरूका लागि नयाँ स्तर कायम गर्न एस सिरिजका कार्यक्षमता र प्रो–स्तरको क्यामराका साथमा आइकोनिक एस–पेन र नोट सिरिजको अतुलनीय शक्ति संयोजन गरिएको सामसङ्गले जानकारी दिएको छ । 

सो कम्पनीका अनुसार आकर्षक एवं दीगो डिजाइनका साथ बनेको भनिएको ग्यालेक्सी एस २२+ र ग्यालेक्सी एस२२ मा प्रत्येक पललाई भव्य बनाउन प्रवीण छवि प्रोसेसरयुक्त अद्भूत क्यामराहरू रहेका छन् । सामसङ मोबाइल नेपालका बिजनेस हेड प्रणय रत्न स्थापितले ग्यालेक्सी एस२२ सिरिजलाई प्रस्तुत गरेर कम्पनीले नियमहरूको पुनर्लेखन गर्न र एउटा स्मार्टफोनले कतिसम्म गर्न सक्छ भन्ने प्रष्ट्याउन चाहेको बताएका छन् ।

स्थापितका अनुसार पहिलोपटक ग्यालेक्सी एस २२ अल्ट्राले ग्यालेक्सी नोट र एस सिरिजको उत्कृष्टतालाई सँगसँगै ल्याएको छ । ग्यालेक्सी एस२२ अल्ट्राभित्र रहेको एस पेन, अँध्यारोमा फोटो खिच्ने क्षमताहरु र एक दिनभन्दा बढी चल्ने क्षमतायुक्त ब्याट्रीका साथ उपलब्ध रहेको उनको भनाइ छ । यी विशेषताले मोबाइललाई हालसम्मकै सर्वाधिक शाक्तिशाली अल्ट्रा उपकरण बनाइएको उनले दाबी गरेका छन् । 

ग्यालेक्सी एस२२ सिरिज कन्टेन्ट सिर्जना गर्ने, भिडियो छायाँकन गर्ने, सम्पादन र शेर गर्ने योग्यताहरूका साथ डिजाइन गरिएको बताइएको छ । ग्यालेक्सी एस २२ अल्ट्रा (१२/५१२ जीबी) को मूल्य १ लाख ६९ हजार ९९९ रुपैयाँ र १२/२५६ जीबीको मूल्य १ लाख ५९ हजार ९९९ रुपैयाँ तोकिएको छ । यी दुई क्षमतायुक्त मोबाइल बर्गन्डी, फ्यान्टम ब्ल्याक र हरियो रङमा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ । 

यसैगरी एस २२ प्लस (८/२५६ जीबी) को मूल्य १ लाख १२ हजार ९९९ रुपैयाँ तोकिएको छ । ८÷२५६ जीबी क्षमतायुक्त मोबाइलको मूल्य १ लाख १२ हजार ९९९ रुपैयाँ निर्धारण गरिएको सामसङ्गले जनाएको छ । यी दुई क्षमताका मोबाइल फ्यान्टम ब्ल्याक, फ्यान्टम ह्वाइट र पिङ्क गोल्डमा उपलब्ध छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप