कञ्चनपुरमा जङ्गली हात्ती मृतावस्थामा फेला
![कञ्चनपुरमा जङ्गली हात्ती मृतावस्थामा फेला](https://rpcdn.ratopati.com/media/albums/elephant_Qgf5q0EsqP.jpg)
पुनर्वास नगरपालिका–२ अमरैयामा एक जङ्गली हात्ती आज दिउँसो मृतावस्थामा फेला परेको छ । कुण्डा सबडिभिजन वन कार्यालय पचकडीयाका सहायक वन अधिकृत दिनेशकुमार यादवकाअनुसार दोदा नदी नजिकैको खल्लास्थित स्थानीय किसानको उखु बारीभित्र जङ्गली वयस्क हात्ती मृतावस्थामा फेला परेको हो ।
तीन दिन अघिदेखि हात्ती यस क्षेत्रमा निरन्तररूपमा देखिँदै आएको थियो । स्थानीय बासिन्दा र वन कार्यालयका कर्मचारीले हात्तीलाई लालझाडी संरक्षण क्षेत्रतर्फ फर्काउने प्रयास गर्दासमेत फर्केको थिएन । ‘हात्ती बिरामी रहेछ’, अधिकृत यादवले भने, ‘मृतावस्थामा भेटिएको छ ।’
हात्तीको के कति कारणले मृत्यु भएको भन्नेबारे भेटेरिनरी चिकित्सकले जाँच गरेपश्चात् मात्रै थाहा हुने उनले बताए । मृतावस्थामा फेला परेको हात्तीको वन कार्यालयका कर्मचारी र प्रहरीको टोलीले संयुक्तरूपमा घटनास्थलको मुचुल्का तयार गरेका छन । मृत हात्तीको उमेर करिब १० वर्ष रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुरमा चक्कु प्रहार गरेर बुवाले गरे छोराको हत्या
-
फाइनलमा पुग्ने भिडन्त : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र जनकपुर आमनेसामने
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
किसानलाई किबीभन्दा अलैँचीबाट अधिक फाइदा
-
आज अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाइँदै
-
महाधिवेशन सम्पन्न भएको ६ महिना बितिसक्दा पनि निर्वाचन आयोगले गरेन जसपा नेपाललाई अद्यावधिक