शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

काठमाडौँ–मस्को सिधा हवाई उडानका लागि पहल गर्न आग्रह

बुधबार, ११ फागुन २०७८, २० : २९
बुधबार, ११ फागुन २०७८

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई रसियाका गैरआवासीय व्यापार प्रतिनिधि एलेक्जेण्डर रिवासले काठमाडौँ–मस्को सिधा हवाई उडान सञ्चालनका लागि दुई पक्षीय छलफल अगाडि बढाउन समन्वय गर्न आग्रह गरेका छन् ।

विगतमा हुँदै आएको काठमाडौँ–मस्को हवाई उडान पछिल्लो समय विभिन्न कारणले बन्द रहेकाले उक्त बन्द रहेको उडान सञ्चालनका लागि पहल चाल्न मन्त्री आलेलाई रिवासले आग्रह गरेका हुन् ।

मन्त्रालयमा आज भएको शिष्टाचार भेटघाटका क्रममा रसियाका गैरआवासीय व्यापार प्रतिनिधि रिवासले नेपाल–रसिया व्यापार, व्यवसाय तथा पर्यटन प्रवर्द्धनका क्षेत्रमा दुई देशबीच सहकार्य गरी काम अगाडि बढाउन आग्रह गरे । भेटकै क्रममा रिवासले रसियल हवाइजहाज र हेलिकप्टर नेपाललाई के कति आवश्यक पर्छ सो विषयमा जानकारीसमेत लिए ।

रिवासले राख्नुभएका कुरामा मन्त्री आलेले रसियन हवाई जहाज सुप १०० वित्तिय व्यवस्थापनसहित सहुलियत दरमा दिनसक्ने खण्डमा नेपाल एरलाइन्स सहकार्य गर्न इच्छुक रहेको जानकारी दिए ।

यसैगरी मन्त्री आलेले काठमाडौँ–मस्को सिधा हवाई उडान सञ्चालनका लागि आवश्यक पहल गर्ने तथा भविष्यमा नेपाल एयरलाइन्सले पर्यटन प्रवद्र्धनका लागि आन्तरिक हेलिकप्टरबाट पर्यटकका लागि उडान गर्ने योजना बनाई रहेकाले उक्त कार्यका लागि रसियाको हेलिकप्टर कम्पनीसँग सहकार्य गर्न सकिने प्रतिबद्धता जनाउनुभएको उनका सल्लाहकार गोरे राईले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप