बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

राष्ट्रपतिसमक्ष ३ देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश

बुधबार, ११ फागुन २०७८, २० : ०९
बुधबार, ११ फागुन २०७८

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि कोलम्बिया, क्युबा र कजाखस्थानका गैरआवासीय राजदूतले आआफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित छुट्टाछुट्टै समारोहमा नेपालका लागि कोलम्बियाका राजदूत मारिना पचेको मोन्टे, क्युवाका अलेजन्द्रो सिमानकास मरिन र कजाखस्थानका नुरलान झलगास्बयाभले ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।

सो अवसरमा परराष्ट्रमन्त्री डा.नारायण खड्कालगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप