बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

मानव अधिकार आयोगले स्थानीय तह निर्वाचनको अनुगमन गर्ने

बुधबार, ११ फागुन २०७८, १९ : ३३
बुधबार, ११ फागुन २०७८

राष्ट्रिय मानव अधिकार आयोगले स्थानीय तहको निर्वाचनको अनुगमन गर्ने भएको छ । आयोगले बुधबार विज्ञप्ति जारी गर्दै आगामी वैशाख ३० गतेका लागि घोषणा स्थानीय निर्वाचनको मानव अधिकारको दृष्टिकोणबाट अनुगमन गर्ने जनाएको हो ।

यसबारेमा निर्वाचन आयोगका पूर्व प्रमुख निर्वाचन आयुक्त, पूर्व आयुक्त तथा नागरिक समाजका प्रतिनिधिहरूसँग छलफल गरेको आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले जानकारी दिए । छलफलका सहभागीहरुले आयोगले मानव अधिकारको दृष्टिकोणबाट विद्यमान निर्वाचन कानुनको संशोधन गर्न, समानुपातिक समावेशीता, लैंगिक समानता, मतदाता शिक्षा, अत्यधिक खर्चिलो निर्वाचन, निर्वाचनको निष्पक्षता र स्वच्छता, भयरहित वातावरण, निर्वाचन आचारसंहिताको पालनालगायतका विषयमा अनुगमन गर्नुपर्ने र विदेशमा रहेका नेपालीहरुको मतदानको अधिकारका विषयमा निर्वाचन आयोग र सरकारलाई सुझाव दिनुपर्ने धारणा राखेका छन् । आयोगका सदस्यहरुले निर्वाचन पूर्व, निर्वाचन अवधि र निर्वाचन पश्चात गरी तीन चरणमा अनुगमन गरी निर्वाचन आयोग र सरकारलाई सुझाव दिने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप