बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

जग्गा प्लटिङ र गाडी खरिद कर्जाको जोखिम भार १५० प्रतिशत पुग्यो

सेयर कर्जामा पनि सोही मापदण्ड लागू
बुधबार, ११ फागुन २०७८, १८ : ४८
बुधबार, ११ फागुन २०७८

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको रोड म्याम नेपाल राष्ट्र बैंकले व्यापक कर्जा लगानीलाई नियन्त्रण गर्ने नीति लिएको छ । बुधबार एक सर्कुलर जारी गर्दै राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूले प्रवाह गर्ने ऋणमा १५० प्रतिशतसम्म जोखिम भारको व्यवस्था गरेको हो । 

बैंकले आयातका लागि लिइने ट्रस्ट रिसिटदेखि, मार्जिन ल्यान्डिङ (सेयर धितो कर्जा), हायर पर्चेज, गाडी, रियल इस्टेटलगायत क्षेत्रमा जाने कर्जाको जोखिम भार एक सय प्रतिशतदेखि १५० प्रतिशतसम्म पुर्‍याएको छ । सर्कुलर अनुसार बैंकले ट्रस्ट रिसिट कर्जाको जोखिम भार १२० प्रतिशत पुर्‍याएको छ भने व्यक्तिगत अधिविकर्ष कर्जा तथा हायर पर्चेज (घरजग्गा, गाडी) तथा सेयर कर्जाको जोखिम भार अधिकतम १५० प्रतिशत पुर्‍याएको छ । 

यसअघि यी क्षेत्रको जोखिम भार न्यूनतम ७५ प्रतिशतदेखि अधिकतम एक सय प्रतिशतसम्म मात्र थियो । ट्रस्ट रिसिट र व्यक्तिगत अधिविकर्ष कर्जामा हाल ७५ प्रतिशतको जोखिम भार कार्यान्वयनमा रहेको थियो भने हायर पर्चेज, घरजग्गा, गाडी लगायतका क्षेत्रको कर्जामा एक करोडसम्म ७५ प्रतिशत र सो भन्दा माथि एक सय प्रतिशत जोखिम भार पुर्‍याउनुपर्ने व्यवस्था थियो । यसले बजारमा थप तरलता अभाव (लगानी योग्य पुँजी) को अभाव गहिरिँदै गएको प्रस्ट हुन्छ ।

राष्ट्र बैंकले जोखिम भारमा वृद्धि गर्नु भनेको ऋणलाई निरुत्साहित गर्नु हो । कर्जा लगानी गर्ने बैंक तथा वित्तीय संस्थाले कर्जा लगानी गर्नु गर्दा सेयर धनीको पुँजीबाट र निक्षेप सङ्कलनबाट तोकिएको प्रतिशत जोखिम भार बहन गर्नुपर्ने हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप