जाहेरी दर्तासँगै प्रहरीले थाल्यो पल शाहमाथि अनुसन्धान
बुधबार, ११ फागुन २०७८, १८ : ३८
प्रहरीले बलात्कारविरुद्धको जाहेरी दर्ता भएसँगै अभिनेता पल शाहमाथि अनुसन्धान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता डीएसपी युवराज खड्काले शाहविरुद्ध जाहेरी दर्ता भएको पुष्टि गर्दै आवश्यक अनुसन्धान थालिएको रातोपाटीलाई बताए । ‘जाहेरी दर्ता गरेर अनुसन्धान सुरु गरेका छौँ’, उनको भनाइ छ ।
१७ वर्षीया गायिकाले शाहले आफूमाथि बलात्कार गरेको दाबीसहित बुधबार जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएकी थिइन् । करणीसम्बन्धी कसूरमा किटानी जाहेरी दर्ता भएसँगै १७ वर्षीया गायिकाले मेडिकल चेकअप गराइसकेकी छन् ।
एउटा म्यूजिक भिडियोको सुटिङका क्रममा तनहुँ गएका बेला शाहले फकाएर आफूमाथि करणी गरेको उनको आरोप छ । उनले शाहले आफूलाई फकाएर करणी गरेको दाबी गर्दै आएकी छन् ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण