जाहेरी दर्तासँगै प्रहरीले थाल्यो पल शाहमाथि अनुसन्धान
बुधबार, ११ फागुन २०७८, १८ : ३८

प्रहरीले बलात्कारविरुद्धको जाहेरी दर्ता भएसँगै अभिनेता पल शाहमाथि अनुसन्धान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता डीएसपी युवराज खड्काले शाहविरुद्ध जाहेरी दर्ता भएको पुष्टि गर्दै आवश्यक अनुसन्धान थालिएको रातोपाटीलाई बताए । ‘जाहेरी दर्ता गरेर अनुसन्धान सुरु गरेका छौँ’, उनको भनाइ छ ।
१७ वर्षीया गायिकाले शाहले आफूमाथि बलात्कार गरेको दाबीसहित बुधबार जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएकी थिइन् । करणीसम्बन्धी कसूरमा किटानी जाहेरी दर्ता भएसँगै १७ वर्षीया गायिकाले मेडिकल चेकअप गराइसकेकी छन् ।
एउटा म्यूजिक भिडियोको सुटिङका क्रममा तनहुँ गएका बेला शाहले फकाएर आफूमाथि करणी गरेको उनको आरोप छ । उनले शाहले आफूलाई फकाएर करणी गरेको दाबी गर्दै आएकी छन् ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा आठ टोली
-
बझाङमा चट्याङ लागेर एक वृद्धाको मृत्यु, पहिरोले सडक अवरुद्ध
-
निर्माण व्यवसायीलाई राष्ट्र बैंकको राहत, बैंकको ब्याज भुक्तानीमा सहजीकरण
-
धोबीखोला करिडोर पीडितको प्रदर्शन
-
नारायणी किनारमा चैत्र ३१ गते साङ्गीतिक कन्सर्ट हुने
-
१० बजे १० समाचार : फरार दुर्गाको सन्देशदेखि नेपालको रेकर्डसम्म