करणीसम्बन्धी कसूरमा के हुन्छ पल शाहलाई कारबाही ?
बुधबार, ११ फागुन २०७८, १८ : १३

१८ वर्षभन्दा कम उमेरकी एक गायिकालाई बलात्कार गरेको आरोप खेपेका अभिनेता पल शाहमाथिको अभियोग पुष्टि भए १० देखि १२ वर्ष कैद सजाय हुने भएको छ । मुलुकी अपराधसंहित २०७४ को परिच्छेद–१८ अन्तरगतको ‘करणीसम्बन्धी कसुर’ महलमा सजायबारे व्यवस्था छ ।
करणीसम्बन्धी कसुरको दफा २१९ को उपदफा ३ को (घ) अनुसार शाहमाथि १० देखि १२ वर्ष कैद हुने देखिएको हो । सो उपदफामा ‘१६ वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिला भए १० देखि १२ वर्षसम्म कैद हुने’ भनिएको छ । शाहविरुद्ध उजुरी दिने गायिका हाल १७ वर्ष उमेरकी छिन् ।
ती गायिकाले शाहले आफूमाथि करणी गरेको दाबीसहित बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दर्ता गराएकी हुन् ।
यो पनि...
पीडितले अपराध संहिताको दफा २२८ बमोजिम उचित क्षतिसमेत माग गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बनेपा उपमेयर कप महिला भलिबलको उपाधि ललितपुरलाई
-
मारक्रम र पुरन चम्किँदा लगातार जितिरहेको गुजरातको यात्रामा ब्रेक
-
पत्रकार मञ्चद्वारा १५ जना पत्रकारलाई पुरस्कार तथा सम्मान
-
७७ ओटै जिल्लामा नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक पुग्यो
-
आयोगको पदाधिकारी सङ्क्रमणकालीन न्यायको मर्म बुझेको व्यक्ति होस् : उपमहासचिव ज्ञवाली
-
जब जलेश्वरी श्रेष्ठको नागरिकता सरकारी कार्यालयमा चलेन