एमालेलाई जमिनबाट छुटाउन खोजियो, तर टेकिहाल्छौ : केपी ओली
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी कसैले पनि हराउन नसक्ने योद्धा भएको बताएका छन् । अध्यक्ष ओलीले देश र जनताको हितका लागि आफ्नो पार्टी बनेको उल्लेख गर्दै फेरि निर्वाचनको माध्यामबाट सरकारमा आउने दावी समेत गरे ।
आफ्नो ७१ औं जन्मदिनको अवसर पारेर बुधबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टीले देश र जनताको हितमा काम गरेकाले जनताको अपार साथ रहेको पनि बताए । अध्यक्ष ओलीले आफूहरुले केही जमिन छाड्दा सर्वोच्च अदालतका चार न्यायाधीशले पछार्न खोजेको आरोप समेत लगाए ।
उनले भने, ‘यदि एउटा योद्धा यस्तो छ, जसलाई हराउनै सकिँदैन । एउटै सर्तमा मात्रै उसलाई हराउन सकिन्छ, त्यो हो जमिनबाट माथि उठायो भने । तर जमिन छुन पायो कि ऊ बलियो हुन्छ । अलिकति जमिनबाट छुटायो भने त सर्वोच्च अदालतबाट चार जना न्यायाधीशले नै पछार्दो रहेछ एमालेजस्तो पार्टीलाई । तर आखिर उचालेको उचाल्यैं कहाँ हुन्छ ? हामी जमिनमा छोइहाल्छौं, टेकी हाल्छौं । जनतासँग एकाकार भइहाल्छौं ।’
उनले एमाले फेरि आउने दावी समेत गरे । उनले भने, ‘नेकपा एमाले फेरि आउँछ । जनताबाट जन्मिएको, जनताको बीचमा हुर्किएको, जनताका लागि बनेको यो पार्टी, देशका लागि बनेको यो पार्टी, जनताको सुःख र समृद्धिका लागि बनेको पार्टी । यसले जनताको साथ प्राप्त गर्छ ।’
अध्यक्ष ओलीले आफ्नो बाँकी जिन्दगी सम्पूर्ण रुपमा देश र जनताको हितमा समर्पित गर्ने प्रतिवद्धता पनि दोहोर्याए । त्यस अवसरमा उहाँले ७० वर्षको आफ्नो जीवनमा देश, जनता र पार्टीका नेकार्यकर्ताले ठूलो साथ दिएको भन्दै आभार व्यक्त गरे । अध्यक्ष ओलीले भने, ‘म फेरि पनि भन्छु मेरो बाँकी जिन्दगी सम्पूर्ण जिन्दगी देशप्रति, जनताप्रति समर्पित गर्नेछु । कार्यक्रममा ओलीले विभिन्न कार्यक्रममा व्यक्त गरेका विचारहरुको संगालो ‘समवेत दृष्टि’ नामक पुस्तक पनि विमोचन गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जागरण सभाका नाममा शक्ति प्रदर्शन गर्दै एमाले
-
आजको दिन कुन राशिका लागि राम्रो ? हेर्नुहोस् राशिफल
-
पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना
-
नेपालमा ओमानी रियाल पनि खरिदबिक्री हुने, विदेश पुगेका नेपालीलाई राहत
-
के हो अक्युपञ्चर उपचार विधि ?, के छ महत्व ?
-
विदेशी मुद्राको विनिमयदर : कुनको बढ्यो, कुनको घट्यो ?