निक्षेपकै ब्याजदर १८ प्रतिशतसम्म पुग्न सक्छ : रत्नराज बज्राचार्य
बैंकर्स संघका पूर्व अध्यक्ष तथा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले बैंक तथा वित्तिय संस्थाहरुहरुले दिने निक्षेप ब्याजदर १८ प्रतिशतसम्म पुग्न सक्ने बताएका छन् । बुधबार राजधानीमा उद्योग वाणिज्य महासंघद्वारा आयोजित आर्थिक स्थायित्व एवं नवउत्थान बहस कार्यक्रममा बोल्दै बज्राचार्यले यस्तो बताएका हुन् ।
पछिल्लो समय बढ्दो तरलता अभावबीच बढ्दो कर्जा माग र वित्तीय परिचालनको कमजोर स्थितिले थप तरलताको समस्या गहिरिएर आउदो असार मसान्तसम्ममा निक्षेपको ब्याजदर १८ प्रतिशतसम्म पुग्ने सम्भावना रहेको उनले बताए ।
‘फागुन महिनामा नै निक्षेपको ब्याजदर रेमिट्यान्समा १२.३ र अन्य निक्षेपमा ११.३ प्रतिशत पुगिसकेको छ, यहीँ गतिले गए आउदो असार मसान्तसम्म निक्षेपकै ब्याजदर १८ प्रतिशतसम्म पुग्नेमा कुनै शंका छैन’ बज्राचार्यले बताए । सो अवसरमा सिईओ बज्राचार्यले पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरु निकै अप्ठेरो अवस्थामा गुज्रिरहेको बताउँदै गत साता आएको मौद्रिक नीतिको अर्धबार्षिक समीक्षाले थप समस्या थपेको र थप तरलताको समस्या गहिरिएको प्रमाणित भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभाको विशेष अधिवेशन बोलाउन प्रतिबद्ध छौँ : प्रचण्ड
-
रविलाई बुद्ध एयरको विमानमार्फत काठमाडौँ ल्याइँदै
-
पूर्व मुख्यसचिव जोडिएको अन्तःशुल्क भ्रष्टाचारमा सजाय निर्धारण
-
एनपीएल खेल्न आइपुगे न्युजिल्याण्डका प्रभावशाली खेलाडी मार्टिन गप्टिल
-
सफल विद्यार्थी कसरी बन्ने ?
-
महेन्द्रनारायण निधि विपन्न आवास योजनामा अनियमितता