विराटनगरमा एमसीसीबारे जनमत संग्रह : विपक्षमा १६९, पक्षमा २७
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट अनेरास्ववियू क्रान्तिकारीले विराटनगरमा एमसीसीबारे सडकमै जनमतसंग्रह गरेको छ । विराटनगरको ट्राफिक चौकमा आयोजित जनमतसंग्रहमा २ सय २५ जनाले मतदान गरेका थिए । स्थानीयलाई ‘एमसीसीबारे सडक जनमत संग्रह’ मतपत लेखिएको मतपत्रमा यथास्थितिमा एमसीसी पास गर्ने एउटा कोठा र पास नगर्ने भन्ने अर्को कोठा राखेका मतपत्र दिइएको थियो ।
मतदानमा सहभागीहरुमध्ये १६९ जनाले यथास्थितिमा एमसीसी पास नगर्ने मत जाहेर गरेको निर्वाचन अधिकृत पशुपति नेपालले बताए । यस्तै यथास्थितिमा एमसीसी पास गर्नुपर्छ भन्ने २७ जनाले मत जाहेर गरेका छन् । २९ मत बदर भएको नेपालले बताए ।
एमसीसी पास गर्ने कि फेल गर्ने भन्ने विषयमा केन्द्रीय राजनीति र संघीय संसदमा बहस भइरहेको बेला क्रान्तिकारी विद्यार्थीहरूले सडकमै जनमत संग्रह गरेका हुन् । यथास्थितिमा एमसीसी पास नगर्न राजनीतिक दल र सरकारलाई दबाब दिने उद्देश्यले जनमतसंग्रह गरिएको विद्यार्थी नेता जिसस न्यौपानेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे, १० समाचार : रविलाई ३ वटा मुद्दा, जग्गा विवादमा एमालेलाई राहत
-
नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको अवस्थाबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह
-
एनआरएनए उच्चस्तरीय समिति बैठक : एकताका लागि दुई निर्णय
-
लखतीर्थमा कांग्रेस नेता पिएल सिंहको अन्त्येष्टि
-
बुटवलमा हुने औद्योगिक व्यापार मेलाको तयारी पूरा
-
सरकार जनताप्रति उत्तरदायी छ : मन्त्री गुरुङ