सुकिलुम्बा विमानस्थलबाट ताराले गर्यो व्यावसायिक उडान सुरु
यती एयरलाइन्सको भगिनी संस्था तारा एयरले इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा आजदेखि व्यावसायिक उडान सुरु गरेको छ । फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको धावनमार्ग पक्की बनिसकेपछि तारा एयरले इलामको पहिलो नियमित व्यावसायिक उडान सफलतापूर्वक सम्पन्न गरेको हो ।
तारा एयरले नेपाल पर्यटन बोर्ड, इलाम नगरपालिका र पर्यटन व्यवसायीको सहकार्यमा यो उडान गरेको हो । पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजाल, नाट्टाका अध्यक्ष अच्युत गुरागाईं, होटल एसोसिएशन अफ नेपालका उपाध्यक्ष विनायक शाहसहित पर्यटन व्यवसायीको १४ जनाको टोली उडानमा सहभागी थियो । ६७० मिटर लम्बाइ र २० मिटर चौडाइ रहेको उक्त विमानस्थलमा पक्की धावनमार्ग बन्नुअघि विसं २०७५ जेठ २१ गते तारा एयरले पहिलो परीक्षण उडान गरेको थियो ।
तारा एयरले आइतबार र बिहीबार हप्तामा दुई दिन नियमित उडान गर्ने यती एयरलाइन्सका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले जानकारी दिए । उक्त एयरले काठमाडौँ इलामका लागि आठ हजार ७०० भाडादर कायम गरेको छ । उडानको समय भने एक घण्टा लाग्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईंका तर्फबाट पुन बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता
-
मेरा कृति आफ्नै लयमा बाँच्नेछन्
-
राष्ट्रिय महत्वका आयोजना कार्यान्वयनमा क्रियाशील छु : वनमन्त्री शाही
-
‘नवीकरणीय ऊर्जा’ तर्फ उन्मुख जापान
-
रासायनिक मल ९८ हजार मेट्रिक टन मौज्दात
-
सार्वजनिक—निजी साझेदारीमा पहिलो पटक प्रशारण लाइन निर्माणको सुरुवात