गठबन्धन जोगाउनमात्रै एमसीसी टेबल गरेको हो : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदमा एमसीसी टेबल गर्दैमा पास हुन्छ भन्ने भ्रममा नपर्न नेता कार्यकर्ताहरूलाई आग्रह गरेका छन् । बुधबारबाट काठमाडौमा सुरु भएको माओवादी केन्द्र वागमती प्रदेश कमिटीको दोस्रो पुर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गठबन्धन जोगाउन एमसीसी टेबल गर्नुपरेको बताएका थिए । तर उनले टेबल हुँदैमा पास गर्यो भनेर भ्रममा नपर्न नेता कार्यकर्ताहरूलाई आश्वस्त पार्न खोजेका थिए ।
‘एमसीसी टेबल हुँदैमा पास गर्यो भनेर भ्रममा नपर्नुस्, गठबन्धन नै टुट्लाजस्तो भएपछि टेबल गर्न सहमति दिएको मात्रै हो’, प्रचण्डको भनाइ थियो । उनले टेबल गर्दैमा केही नबिग्रिने पनि बताए । ‘टेबल गर्दैमा केही बिग्रिदैन । यदि टेबल नगरेको भए सत्ता पक्षबाटै सभामुखकै विरुद्धमा पनि षड्यन्त्र हुनसक्ने बुझेर त्यसो गरिएको हो’, प्रचण्डको भनाइ उधृत गर्दै एक प्रदेश सदस्यले रातोपाटीलाई भने ।
बिहीबारसम्म चल्ने बैठकले प्रदेशका ३१ विभाग, जिल्ला समन्वय समिति, क्षेत्रीय निर्वाचन समिति गठन र चुनावी कार्यक्रम तय गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४२ लाख हुन्डीको रकमसहित न्युरोडबाड दुई जना पक्राउ
-
युवा पलायन रोक्नु आजको प्रमुख चुनौती : मुख्यमन्त्री लामा
-
काईयी एक्सचेन्ज कार्निभलको समय थप
-
अपेक्षित नतिजा निस्किएको छैन, निराश हुनुपर्ने अवस्था पनि छैन : मुख्यमन्त्री कँडेल
-
चैतसम्म सवा २४ खर्ब विदेशी मुद्रा सञ्चिति, पर्याप्तता सूचक नकारात्मक
-
आवासीय चिकित्सकसँगको अतिरिक्त सुविधा तय गर्न स्वास्थ्यमन्त्री पौडेलद्वारा कार्यदल गठन