मन्त्री झाँक्रीले भनिन्- सरकारमा बसेर एमसिसीमा दोहोरो भूमिका खेल्नु हुँदैन

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले एमसिसीका विषयमा दोहोरो भूमिका खेल्न नहुने बताएकी छन् । बुधबार चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले सरकारमा बसेर एमसिसीको विषयमा दोहोरो भूमिका खेल्न नहुने बताएकी हुन् ।
उनले भनिन्, “कि त सरकार छोडेर सडकमा जानु पर्यो। कि सरकारमा बसेर सडकमा जानु भएन ।” सत्ता पनि चाहिने, सरकारको काममा पनि विरोध गर्नुपर्ने हो भने यो विरोधाभाषपूर्ण कुराबाट सबै मुक्त हुनुपर्ने उनको भनाइ थियो ।
उनले भनिन्, “विरोधाभाष कुरा हुँदैन । पाटीले निर्णय गर्छ भने एक मिनेट सरकारमा बस्न मन छैन ।” सबै जिल्ला कमिटीलाई एमसिसीको विषयमा धारणा पठाउन आग्रह गर्दै उनले एमसिसी गलत भए आफूहरु ब्याक हुने बताइन् ।
आफू अहिलेको सरकारको मन्त्री भएको भन्दै उनले सरकारले गरेको निर्णयविरुद्ध आफू जान नमिल्ने बताइन् । एमसिसी स्वीकार गर्दा र अस्वीकार गर्दा के हुन्छ भन्ने कुरामा सबैले बुझ्न जरुरी रहेको उनको भनाइ थियो । पार्टीको सचिवालयले एमसिसी यथास्थितिमा पास नगर्ने निर्णय गरेको भन्दै उनले यस विषयमा छलफल हुन जरुरी रहेको बताइन् । तत्कालीन समयमा केपी ओली नेतृत्वको सरकारले संसद्मा एमसिसी टेबुल गर्न चाहेको भन्दै उनले अहिले (नेकपा एमाले)को मौनताले केही असहज बनाएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेको पथरी शनिश्चरेमा नयाँ नेतृत्व चयन
-
आजपाको केन्द्रीय कमिटी विघटन, प्रभु साहको अध्यक्षतामा महाधिवेशन आयोजक कमिटी गठन
-
थाइल्यान्डमा 'वान टु वान' वार्ताले ल्याउला त सम्बन्धमा सुधार ?
-
विशेषको फैसला चित्त नबुझेपछि भ्रष्टाचारका १२ वटा मुद्दा लिएर सर्वोच्च पुग्यो अख्तियार
-
वडाध्यक्षलाई कार्यवाहक दिने निर्णय कार्यान्वयन नगर्न उच्चको आदेश
-
शिक्षक महासंघले शिक्षा मन्त्रालयलाई बुझायो ध्यानाकर्षण पत्र