दुई दिनसम्म बढेको नेप्सेमा १५.५० अङ्क गिरावट

दुई दिनसम्म दोहोरो अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दोहोरो अङ्कको गिरावट भएको छ । आज (बिहीबार) नेप्से सूचक १५.५० अङ्कले घट्दै २७२०.४३ कायम भएको छ । गत बिहीबार मौद्रिक नीति समीक्षा सार्वजनिक भएपछि आइतबार पनि घटेको नेप्से सोमबार र मंगलबार दोहोरो अङ्कले बढेको थियो ।
आज ६२ लाख ४७ हजार ७७४ कित्ता शेयर (धितोपत्र) ३ अर्ब १३ करोड १२ लाख १० हजार २८२ रुपैयाँमा कारोबार भएको छ । मंगलबार ३ अर्ब २० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा बुधबार कारोबार रकम पनि घटेको हो । दिनभर नै ‘फ्लक्चुएट’ भएको बजारका लगानीकर्ताले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा कार्यान्वयन निम्ति आवश्यक ‘सर्कुलर’ कुरेको देखिएको छ ।
नेप्से सूचक दोहोरो अङ्कले घट्दा धेरैजसो उपसमूह पनि नकारात्मक बनेको छ । उपसमूहमा जलविद्युत (१.७) र म्युचुअल फण्ड (०.८४) मात्रै वृद्धि भएको छ । दिव्यश्वरी हाइड्रोपावरका लगानीकर्ताले आज अन्य कम्पनीका शेयर लगानीकर्ताले भन्दा प्रतिशतका हिसाबले धेरै कमाएका छन् ।
यो कम्पनीको शेयरमा आज सकारात्मक सर्किट लागेको छ । युनाइेट इदी मार्दी र घलेम्दी हाइड्रोको शेयर कारोबारमा पनि सर्किट लागेको छ । सर्वसाधारणतर्फ आज नेपाल फाइनान्स लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यो कम्पनीको शेयरमूल्य ३.६२ प्रतिशतले घटेको छ । नेप्से सेन्सेटिभ इन्डेक्स ५.२२ अङ्कले घटेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने यो इन्डेक्स घटेर ५१७.९३ मा आइपुगेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा कोइला खानीमा ग्यास चुहिँदा सात कामदारको मृत्यु
-
गणतन्त्र नै किन ?
-
अल्लु अर्जुनको हातमा पर्यो ८ सय करोड भारुको फिल्म
-
काठमाडौँ महानगरमा स्तन र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षण
-
केपी ओली कप राष्ट्रिय क्रिकेट : गण्डकी हिरोज र हिमालयन क्रिकेट एकेडेमीको जित
-
३.४४ अंकले घट्यो नेप्से, घट्यो कारोबार