सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

युक्रेन संकट र रुस : अहिलेसम्म के भयो ?

बुधबार, ११ फागुन २०७८, १५ : ४६
बुधबार, ११ फागुन २०७८

युक्रेन र रुसबीचको गतिरोध युद्धको स्थितिमा पुगिसकेको छ ।

रुसका राष्ट्रपतिको आदेश (युक्रेनमा विद्रोहीको कब्जा भएको इलाका डोनेत्स्क र लुहान्स्कलाई मान्यता) पछि विश्वव्यापी स्तरमा घटनाक्रम हरपल फेरिएको छ ।

पछिल्ला केही घण्टाका प्रमुख घटनाक्रममाथि एक नजरः

–ह्वाइट हाउसले अमेरिकी राष्ट्रपति जो बाइडेन रुसका राष्ट्रपति पुटिनसँग शिखर सम्मेलनमा भाग नलिने स्पष्ट पारिसकेको छ ।

– अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिङ्कनले पनि बिहिबार आफ्ना रुसी समकक्षीसँग हुने बैठक रद्द गरेका छन् । उनले एक बयानमा रुसले युक्रेनमाथि हमला सुरु गरिसकेको अमेरिकाले मान्यता राख्ने भएकोले अब यसको कुनै औचित्य नभएको बताएका छन् ।

– अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले रुस युक्रेनमाथि पूरा प्रभावले आक्रमणा गर्ने अन्तिम बिन्दुमा भएको र २४ घण्टाभित्रै युक्रेनमाथि हमला पनि गर्न सक्ने अत्यधिक सम्भावना भएको बताएका छन् ।

– अमेरिका र बेलायतबाहेक केही अन्य देशले पनि रुसमाथि प्रतिबन्ध लगाएका छन् । क्यानडा र जापानले पनि रुसविरुद्ध आर्थिक प्रतिबन्ध लागू गरेका छन् ।

– अमेरिकाका लागि रुसका राजदूत एन्तोनोवले रुसको रिया नोवोत्सी न्यूज एजेन्सीलाई दिएको एक अन्तरवार्तामा यी प्रतिबन्धको असर अमेरिकामा पनि पर्ने बताएका छन् ।  

– रुसको संसदले राष्ट्रपति पुटिनलाई देशबाहिर सशस्त्र बलको प्रयोग गर्न अनुमति दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप