शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छः प्रचण्ड

बुधबार, ११ फागुन २०७८, १५ : २८
बुधबार, ११ फागुन २०७८

नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताएका छन् ।  बुधवार नेकपा(माओवादी केन्द्र)को बागमती प्रदेश समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गरी फर्किने क्रममा अध्यक्ष प्रचण्डले गठबन्धन र सरकार टुटाउने षड्यन्त्र भइरहेको बताएका हुन् । राजनीतिक परिवर्तनहरुलाई कमजोर पार्ने खतरा बढिरहेको उनको भनाइ छ । 

उनले परिवर्तनलाई कमजोर पार्ने खतरा भएपनि प्रतिक्रान्ति नै हुने भइसक्यो भन्नेचाहिँ सत्य नभएको स्पष्ट पारे उनले भने,  ‘खतरा त बढेकै छ नि । यो परिवर्तन कुनै न कुनै रुपले कमजोर पार्ने, यो गठबन्धन टुटाउने, यो सरकार टुटाउने षड्यन्त्र त भइराखेकै छ नि । तर अहिले भर्खरै प्रतिक्रान्ति नै हुने भइसक्यो भन्ने कुरा चाहिँ होइन ।’

यस्तै अध्यक्ष प्रचण्डले बुधबार बिहान गृहमन्त्री बालकृष्ण खाँणसँग खुमलटारमा भेटवार्ता भएपनि प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट नभएको स्पष्ट पारे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप