सहकारीका निक्षेपकर्ताको ६ करोड २५ लाख ठगी गरेको अभियोगमा २ जना पक्राउ
बुधबार, ११ फागुन २०७८, १४ : ४०
सहकारीका निक्षेपकर्ताको ६ करोड २५ लाख ठगी गरेको अभियोगमा २ जना प्रहरीको फन्दामा परेका छन् । काठमाडौंको पुरानो बानेश्वरस्थित भरोसा नेपाल बहुउद्देश्यीय सहकारीका निक्षेपकर्ताको रकम हिनामिना गरेको अभियोगमा सुरज बस्नेत र शिव पाण्डेलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको हो ।
सहकारीका सञ्चालक रहेका उनीहरुले आफूखुशी सहकारी संस्थाको खातामा रकम नराखि आफ्नै परिवारका सदस्य र आफन्तहरुका नाममा राखि १५ जना निक्षेपकर्ताहरुको छ करोड पच्चीस लाख ठगी गरेको ब्यूरोले जनाएको छ ।
भुक्तानी फिर्ता माग्दा उनीहरु सहकारी संस्थामा ताला लगाई फरार भएका थिए भने पीडितले सहकारी ठगी कार्यमा संलग्न रहेको भन्दै दिएको जाहेरीका आधारमा पक्राउ गरेको हो ।
अन्य बचतकर्ता पनि ठगिएको भए जानकारी गराउन ब्यूरोले आग्रह हरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै