मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

दूतावासको ‘उजुरी’मा यूएईमा नेपाली पत्रकार पक्राउ, महासंघद्वारा ध्यानाकर्षण

बुधबार, ११ फागुन २०७८, १४ : ३०
बुधबार, ११ फागुन २०७८

वैदेशिक रोजगारीमा रहेर यूएईबाट पत्रकारिता समेत गर्दै आएका  उमाकान्त पाण्डेलाई यूएई प्रहरीले पक्राउ गरेको छ । नेपालमा रहँदा सामाजिक सञ्जालमा लेखिएको स्ट्याटसलाई लिएर  युएई प्रहरीले उनलाई पक्राउ गरेको नेपाल पत्रकार महासंघले जनाएको छ । महासंघले नेपाली दूतावासकै उजुरीमा प्रहरीले पक्राउ गरेको पनि बताएको छ । 

पत्रकार पाण्डेलाई नेपालमा रहँदा जनवरी ७ (पुस २३) गते सामाजिक सञ्जालमा भिजिट भिसामा नेपाली राजदूतावासको संलग्नता रहेको आशयमा लेखिएको स्ट्याटसलाई लिएर  युएई प्रहरीले पक्राउ गरी साइबर क्राइमको मुद्दा लगाई त्यहाँको सेन्ट्रल जेलमा राखिएको जानकारी प्राप्त भएको छ । पत्रकार पाण्डेको परिवारले नेपाली दूतावासकै उजुरीमा  युएई प्रहरीले पत्रकार पाण्डेलाई पक्राउ गरेको महासंघलाई जानकारी गराएको छ’, महासंघका महासचिव रोशन पुरीले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

नेपालमा रहँदा लेखिएको स्ट्याटसलाई लिएर नेपाली दूतावासले उजुरी दिने र  युएई प्रहरीले नेपाली पत्रकारलाई पक्राउ गरी साइबर क्राइमको मुद्दा लगाई जेलमा राखिनु अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यताविपरित हुनुका साथै अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको महासंघले ठहर गरेको छ । 

महासंघले यो घटनाको छानबिन गरी पत्रकार पाण्डेको रिहाईका लागि तत्काल पहल गर्न नेपाल सरकार, परराष्ट्र मन्त्रालय र युएइस्थित नेपाली दूतावासको ध्यानाकर्षण गराएको छ ।  उनी गत मंगलबार पक्राउ परेको बताइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप