आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

बुर्किनाफाँसोको सुनखानीमा बिस्फोट हुँदा ६० जनाको मृत्यु

बुधबार, ११ फागुन २०७८, १४ : ०१
बुधबार, ११ फागुन २०७८

बुर्किना फाँसोको दक्षिण पश्चिमको एउटा गाउँमा भएको एउटा अस्थायी सुनखानीमा भएको विस्फोटमा कम्तिमा ६० जनाको मृत्यु भएको छ । सुन खानी स्थलमा रहेको बजारमा भण्डारण गरिएको डाइनामाइटले आगो लाग्दा बिस्फोट भएको प्रत्यक्षदर्शीले जनाएका छन् । विस्फोटमा मृत्यु हुनेहरुमा महिला र बालबालिका पनि छन् । 

घटनास्थलहरूमा शवहरु यत्रतत्र छरिएका थिए । बिस्फोटस्थल वरपर रुखहरू ढल्नुका साथै घर भत्किएको रोयटर्सले जनाएको छ ।  विस्फोटमा घाइते भएका दर्जनौलाई नजिकको अस्पतालमा लगिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप