अपहरण गरेको आरोपमा तुलसीपुरबाट ५ जना पक्राउ
बुधबार, ११ फागुन २०७८, १३ : ४१

दाङको तुलसीपुरमा अपहरण तथा शरीर बन्धक बनाएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले तुलसीपुर ३ बस्ने निशान शाही ठकुरी, सुमित भण्डारी, वडा नम्वर ९ का प्रेम डाँगी र दुर्गेश शर्मा र वडा नम्वर ८ का कमल विकलाई पक्राउ गरेको हो ।
उनीहरुमाथि तुलसीपुर ३ दमारगाउँको जंगल नजिकैबाट सल्यान बागचौर नगरपालिका ९ का १९ वर्षीय ललित वली र रमन डाँगीलाई कुटपिट तथा अपहरण गरेको आरोप लागेको छ । घटनामा संलग्न रहेका भनिएका तुलसीपुर ८ नयाँबस्ती २० वर्षीय विशाल सुनार भने फरार भएका ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । कार्यालयका प्रहरी प्रमुख एवं डिएसपी श्यामु अर्यालले घटनाको अनुसन्धान भइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख