युक्रेनको सीमा नजिकै रुसी सैनिकको संख्या बढ्यो, हेर्नुहोस् स्याटलाइट तस्बिर
बुधबार, ११ फागुन २०७८, १६ : ४२
अमेरिकाको एक स्पेस टेक्नोलोजी कम्पनी मेक्सर टेक्नोलोजिजले थुप्रै स्याटलाइट तस्बिर जारी गरेको छ जसमा पश्चिमी रुसमा सैनिकको नयाँ तैनाथी भएको र उपकरण पनि ल्याइएको दाबी गरिएका छन् ।
सयभन्दा बढी गाडी पनि दक्षिणी बेलारुसमा देखिएको बताइएको छ । यी सबै इलाका युक्रेनको सीमा नजिकै छन् । रुस र बेलारुसले पछिल्ला दिनमा व्यापक स्तरमा सैन्य अभ्यास गरेका छन् । तर कसैले पनि ताजा तस्बिरबारे टिप्पणी गरेका छैनन् ।
यो तस्बिरले दक्षिणी बेलारुसको माजिर नजिकैको हवाई क्षेत्रमा जम्मा भएका गाडीलाई देखाउँछ । फोटो ः २२ फेब्रुअरी, २०२२
मेक्सरका अनुसार यी तस्बिरमा पश्चिमी रुसको् क्लिन्ट्सीमा पनि भारी उपकरण ढुवानी गर्ने यातायात देख्न सकिन्छ ।
यी तस्बिरबारे मेक्सरले भनेको छ – पश्चिमी रुसको पोचेपमा जमिनको सर–सफाई र नयाँ तैनाथी देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या