बिहान निद्राबाट ब्यूँझने बित्तिकै बिर्सेर पनि नगर्नुहोस् यी ५ गल्ती, स्वास्थ्यमा खराब असर पर्ने
दैनिक बिहान निद्राबाट ब्यूँझनेबित्तिकै हामी केही यस्ता गलत काम गर्छौँ जसको नकारात्मक असर हाम्रो स्वास्थ्यमा पर्छ । यस्ता खराब बानीले हामीलाई स्लो, नेगेटिभ र चिडचिडा बनाउने गर्छ । यसका कारण घर र अफिसमा पनि हाम्रो सम्बन्ध खराब हुन थाल्छ । आउनुहोस्, यस्ता ५ खराब बानीबारे जानकारी लिऔँ जसलाई छोड्दा निश्चित रुपमा तपाईंको दिन राम्रो हुनसक्छ ।
फोन हेर्नुः
निद्राबाट ब्यूँझने बित्तिकै स्मार्टफोनको डिस्प्ले हेर्नु पहिलो खराब बानी हो । यो खराब बानीले हाम्रो आँखा खराब हुनसक्छन् । यस्तो गर्नुको साटो बिहान उठेर मनतातो पानी पिउनुहोस् । हात धुनुहोस् । बाल्कोनीमा केही बेर टहल्नुहोस् वा झ्यालमा गएर ताजा हावामा सास फेर्नुहोस् । आफूले आफैंलाई एक–दुई घण्टाको समय दिनुहोस् । त्यसपछि मात्रै फोन, सोसल मिडिया वा इमेल जस्ता चिजतिर ध्यान दिनुहोस् ।
ब्रेकफास्ट छोड्नुः
यो खराब बानी धेरैजनामा हुन्छ । यस्ता मानिसहरु सुरुमा ढिलो गरी उठ्छन् र पछि केही नखाईकन चिया वा कफीसँग आफ्नो दिनको सुरुवात गर्छन् । दिनको राम्रो सुरुवातका लागि स्वस्थ ब्रेकफास्ट गर्नुहोस् । तपाईं आफ्नो मर्निङ डाइटमा अण्डा, टोस्ट, ओटमिल वा ताजा फलको सेवन गर्न सक्नुहुन्छ ।
योजना अनुसार नहिँड्नुः
बिहान उठेर सबैभन्दा पहिलो आफ्नो दिनको योजना बनाउनुहोस् र त्यसपछि त्यसलाई अम्मल गर्नु अत्यावश्यक छ । चाहे तपाईं बिदाको दिन सपिङ गर्ने योजना नै किन बनाउनुहुन्नँ । आफ्नो योजनाबाट कहिल्यै विमुख नहुनुहोस् । यस्तो गर्नु सही होइन । यदि कतै जानु अघि तपाईंसँग खाली समय छ भने यतिबेला घरको फ्रिज वा बोटबिरुवामा पानी हाल्ने लगायतको काम समाप्त गर्नसक्नुहुन्छ ।
ननुहाउनुः
दैनिक बिहान नुहाएर कुनै काममा निस्कनु यसकारण पनि जरुरी छ किनभने मानिसहरु दिनभरी फ्रेश महसुस गर्छन् र उनीहरुमा ऊर्जा पनि रहन्छ । नुहाउँदा हाम्रो शरीरमा राम्रो हर्मोन रिलिज भएको महसुस हुन्छ । यसले हामीलाई हाई परफर्मेन्स इनर्जीका लागि तयार गर्छ ।
नकारात्मक विचारः
बिहान उठ्ने बित्तिकै आफ्नो जीवनमा चलिरहेका नकारात्मक चिज वा मुश्किल बारे कुनै पनि हालतमा नसोच्नुहोस् । ध्यान गर्नुहोस् र आफ्नो उत्साह बढाउनुहोस् । आफ्नो जीवनमा चलिरहेको राम्रो चिजलाई स्मरण गर्नुहोस् र खुसी हुनुहोस् । प्रयास गर्न कहिल्यै नछोड्नुहोस् । सबेरै मनमा आउने एक नकारात्मक विचारले तपाईंलाई हतोत्साहित बनाउँछ भन्ने कुरा कहिल्यै नबिर्सनुहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेरो अटो मोटर र्यालीको चौथो संस्करण ‘काठमाडौँ टु सौराहा’ आयोजना हुने
-
कुशल भुर्तेलले नै लिए वेस्ट इन्डिजको तेस्रो विकेट
-
राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश
-
आईएमई लाइफ इन्स्योरेन्सद्वारा ३४.५० प्रतिशत लाभांश प्रस्ताव
-
माधव सापकोटाको मन्त्रीलाई प्रश्न : काम नगर्ने कति ठेकेदारलाई कारबाही गरियो ?
-
कुशल भुर्तेलले लिए वेस्ट इन्डिजको दोस्रो विकेट