आगामी सिजन एम्बाप्पे म्याड्रिड आउनेमा रियल ढुक्क

फ्रान्सका स्टार खेलाडी किलियान एम्बाप्पेलाई अनुबन्ध गर्नेमा रियल म्याड्रिड ढुक्क रहेको र सिजनको अन्त्यमा यसको औपचारिक घोषणा गर्ने क्लबको तयारी रहेको गोल डटकमले जनाएको छ । एम्बाप्पे गत सिजन नै रियल जान चाहन्थे । यसका लागि उनले प्रयास पनि नगरेका होइनन् । तर उनी हाल आबद्ध रहेको पेरिस सेन्ट जर्मेनले स्पेनिस क्लबले प्रस्तुत गरेका सबै प्रस्तावहरूलाई अस्वीकार गरेको थियो ।
फ्रेन्च क्लबले २३ वर्षीय खेलाडीलाई उनको करारको अन्तिम वर्षमा रोक्न सफल भए पनि नयाँ करार सम्झौताका लागि उनलाई फकाउन भने सकेको छैन । नयाँ करार नभए जुन महिनाको अन्त्यमा उनी फ्रि–एजेन्ट बन्नेछन् र उनी जुन पनि क्लब जानका लागि स्वतन्त्र हुनेछन् । पीएसजीले एम्बाप्पेलाई करार थपका लागि थुप्रै अफर प्रस्तुत गरे पनि उनले क्लबसँग नयाँ सम्झौता गर्न अस्वीकार गर्दै आइरहेका छन् ।
गोल डटकमका अनुसार गत वर्ष करार गर्न असफल भएपछि एम्बाप्पेले रियललाई आगामी सिजन क्लबमा आउने वाचा नै गरेका थिए । त्यही भएर स्पेनिस महारथी एम्बाप्पे आफ्नै क्लबमा आउनेमा निश्चिन्त भएर बसेको छ । रियलले यसबारे घोषणा गर्न कुनै हतारोमा नगर्ने र सिजनको अन्त्यपछि मात्र यसबारे घोषणा गर्ने रणनीतिमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली डीएसपी परे प्रहरीको फन्दामा
-
संसद्को अधिवेशनबाट शिक्षा ऐन जारी गर्नेगरी काम अगाडि बढेको छ : महासचिव पोखरेल
-
ग्लोबल आइएमईबाट वैदेशिक शिक्षा तथा भाषा परीक्षा शुल्कको अनलाइन भुक्तानी गर्दा ५० प्रतिशत छुट
-
सर्वोच्च अदालतद्वारा वीरगञ्जको मुख्य सडक विस्तार विरूद्धको रिट खारेज
-
राजविराजमा होली पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम
-
प्राधिकरणको केन्द्रीय कार्यालय भवनमा इजलास सञ्चालन गरिने