शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कमल थापाले थाले पार्टीमा मनोनयन, राप्रपाका केन्द्रीय नेताहरुलाई पर्खिँदै

बुधबार, ११ फागुन २०७८, ११ : ३३
बुधबार, ११ फागुन २०७८

राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीमा मनोनयन सुरु गरेका छन् । हालै निर्वाचन आयोगबाट उनको नेतृत्वको पार्टी अध्यावधिक भएसँगै राप्रपा नेपालको औपचारिक घोषणा गरेका थापाले मंगलबार वरिष्ठ सर्जन डा.अरुणकुमार सिंह (धनुषा),अधिवक्ता प्रा नरप्रसाद थापा (काठमाडौं),पूर्व प्रशासक ज्ञानेन्द्र कार्की (काठमाडौं) र उद्यमी रमेशराज पन्त (नवलपरासी) लाई केन्द्रीय कमिटी सदस्यमा मनोनयन गरेका हुन् । 

थापाले सम्वर्द्धनवाद, सुशासन र समृद्धिको अभियानमा सहभागी हुन सबैमा अपील समेत गरेका छन् । थापाले केही दिनभित्रै आफ्नो पुरानो पार्टी राप्रपामा रहेका आफू निकटका नेताहरुलाई पनि भित्र्याउने तयारी तयारी थालेका छन् । त्यसका लागि थापाले छलफल अघि बढाएको उनी निकट एक नेताले जानकारी दिए । 

राप्रपाको गत महाधिवेशनमा पराजित बनेपछि निर्मल निवासले हस्तक्षेप गरेको भन्दै पार्टीमा छानबिनको माग गरेका थापाले सो मागको सुनुवाइ नभएपछि पार्टी परित्याग गरेर नयाँ पार्टी बनाएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप