डिम्याट खातालाई व्यवस्थित र पारदर्शी बनाउन भन्दै धितोपत्र बोर्डले चाल्यो यस्तो कदम
काठमाडौं – नेपला धितोपत्र बोर्डले आफ्नो रजत जयन्ती महोत्सव मनाए सँगै डिम्याट खातालाई व्यवस्थित र पारदर्शी अघि सरेको पाइएको छ ।
केन्द्रीय निक्षेप सेवा नियमावली, २०६७ वमोजिम निक्षेप सदस्यले हितग्राहीसँग सम्झौता गरी डिम्याट खाता खोल्न सक्ने व्यवस्था वमोजिम लगानीकर्र्ताहरुबाट बहुखाता खोलि रहेकोमा हालै लागू गरिएको आस्वा प्रणाली र बाँडफाँड प्रणालीको कार्यान्वयनलाई प्रभावकारी बोर्डले यस्तो कार्यक्रम अघि सारेको हो ।
लगानीकर्ता एवं बजारको दीर्घकालीन हितलाई समेत दृष्टिगत गरी हाललाई लगानी व्यवस्थापनमा सहभागी भएका लगानीकर्ताको हकमा लगानी व्यवस्थापनमा सहभागी हुनका लागि लगानी व्यवस्थापन अनुसार डिम्याट खाता खोल्न सक्ने र अन्यको हकमा बढीमा दुई डिम्याट खाता खोल्न सक्ने व्यवस्था गरिएकोे जनाइएको छ ।
साथै हाल दुईभन्दा बढी डिम्याट खाता भएका लगानीकर्ताहरुलाई उपर्युक्तानुसार बढीमा दुई डिम्याट खाता कायम गर्न २०७४ भाद्र मसान्तसम्म समयावधि प्रदान गर्ने समेत जनाइएको छ ।
धितोपत्र हस्तान्तरण गर्दा शूल्क नलाग्ने व्यवस्था गर्न र लगानी व्यवस्थापनको लागि खोलिएको डिम्याट खाता बन्द गरेमा उक्त खाता बन्द गर्ने जिम्मेवारी सम्बन्धित लगानी व्यवस्थापकको हुने व्यवस्था समेत गरिएको बोर्डद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यसबाट डिम्याट खाता संचालन कार्य थप व्यवस्थित तथा पारदर्शी भई लगानीकर्ताको वास्तविक संख्या समेत यकिन गर्न सहज हुने बोर्डको विश्वास रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चर्चामा अडियोमा आधारित नयाँ सामाजिक सञ्जाल ‘एयरच्याट’
-
आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्रदान
-
मोडल लक्ष्मण भण्डारीले गरे प्रेमिका गीतासँग विवाह
-
अभिनेताले भने, ‘कबीर सिंह’ गरेर पछुतो छ, निर्देशकले दिए चलचित्रबाट अनुहार नै हटाउने चेतावनी
-
परीक्षाको मुखमा त्रिविका विभिन्न क्याम्पसमा तालाबन्दी
-
ट्रम्पको मुद्दा चलिरहेको अदालतबाहिर एक व्यक्तिद्वारा आत्मदाहको प्रयास