लुम्बिनी प्रदेश मन्त्री शर्माले गरिन् अदालतको बेवास्ता
लुम्बिनी प्रदेशका कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्थामन्त्री सुमन शर्मा रायमाझीले अदालती प्रकृयाको बेवास्ता गरेकी छन् । आफैले दर्ता गराएको मुद्दाको तारेखमा उनी आफू पनि उपस्थित नभएको र वारेस पनि नपठाएको पाइएको हो ।
जसपा नेपालकी प्रदेशसभा सदस्यसमेत रहेकी कृषि, खाद्य तथा भूमि व्यवस्थामन्त्री रायमाझीलाई एमाले नेतृत्वको तत्कालीन सरकारमा पार्टीको निर्णय बिना नै सहभागी भएको भन्दै पार्टीले कारबाही गरेको थियो । सो कारबाहीविरुद्ध उनीसहितका चार जनाले अदालतमा मुद्दा दायर गरेका थिए ।
सर्वोच्च अदालतमा दायर गरेको उक्त मुद्दाको सुनुवाइका क्रममा मन्त्री रायमाझीले तारेख गुजारेकी हुन् । गत पुस ११ गते सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डा. मनोजकुमार शर्माको संयुक्त इजलासले निवेदकहरु को कसले कहिले कुन कुन मितिमा तारेख गुजारेको हो भन्नेबारे मुद्दा महाशाखाका सहरजिष्ट्रारबाट प्रतिवेदन लिइ पेस गर्न आदेश दिएको थियो ।
सो आदेश अनुसार मुद्दा महाशाखाका सहरजिष्ट्रारले पेस गरेको प्रतिवेदनमा मन्त्री रायमाझी गत भदौ १७ गतेको तारेखका दिन उपस्थित नभएको र निजले आफ्नो सट्टा कानुन बमोजिम अर्को वारेस मुकरर गरी नपठाइ तारेल गुजारी थाम्ने थमाउने अवधिसमेत भुक्तान भईसकेको उल्लेख छ ।
गत फागुन ४ गते न्यायाधीशद्वय अनिलकुमार सिन्हा र टंकबहादुर मोक्तानको संयुक्त इजलासले सुमन शर्मा रायमाझी आफै वा वारेसमार्फत उपस्थित नभइ गत भदौ १७ गतेको तारेख गुजारेको र थाम्ने थमाउने म्याद बाँकी रहेको नदेखिँदा निजको हकमा सर्वोच्च अदालत नियमावली २०७४ को नियम ८२ (ख) बमोजिम प्रस्तुत निवेदन तामेलीमा राखिदिएको आदेश गरेको छ ।
जसपाले उनीसहित मन्त्री बनेका सन्तोष पाण्डे,विजय यादव, कल्पना पाण्डेलाई पार्टीबाट कारबाही गरेको थियो । सो कारबाहीपछि चार जनाले कारबाहीविरुद्ध रिट निवेदन दायर गरेका थिए । यद्यपि, सुमन शर्मा रायमाझीले गल्ती स्वीकार गर्दै पार्टीको निर्णय मान्ने भन्दै एमाले नेतृत्वको तत्कालीन सरकारबाट फिर्ता भएकी थिइन् । हाल उनी गठबन्धन सरकारमा सामेल छिन् ।
उनीसँगै मुद्दा लडेका पूर्वमन्त्री विजय यादवले आफ्नो, सन्तोष पाण्डे र कल्पना पाण्डेको मुद्दा यथावत् रहेको तर रायमाझीको मुद्दा तामेलीमा परेको जानकारी दिएका छन् । कानुन व्यवसायीहरूले बहालवाला मन्त्रीले अदालती प्रक्रियालाई बेवास्ता गर्नु ठिक नहुने कानुन व्यवसायी कृष्ण पोखरेल बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डडेल्धुरामा नयाँ पाठ्यक्रम कार्यान्वयन गर्न सहजीकरण गरिँदै
-
तेस्रो एनबिएसए लालीगुराँस बेसबल कपको उपाधि राइजिङ स्टारलाई
-
सबैको सक्रियताले मात्र अर्थतन्त्र सबल बन्छ : मुख्यमन्त्री लामा
-
कविशिरोमणिको १४१ औँ जन्मजयन्तीको अवसरमा कविता प्रतियोगिता
-
काठमाडौँमा यूएनडीओको अन्तर्राष्ट्रिय सम्मेलन
-
नाटकीय पतनपछि न्युजिल्याण्डसँग ८ रनले हार्यो श्रीलंका