बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

भक्तपुर कप फुटबल : गोल्मढी र भक्तपुर फुटबल क्लब विजयी

बुधबार, ११ फागुन २०७८, १० : ३९
बुधबार, ११ फागुन २०७८

भक्तपुर युवा टिम गोल्मढीको आयोजनामा भक्तपुरमा भइरहेको भक्तपुर कप फुटबलको मंगलबारदेखि क्वाटरफाइनलका खेल सुरु भएका छन् ।  मंगलबारको दुईवटा खेलमा आयोजक भक्तपुर युवा टिम गोल्मढी भक्तपुर र भक्तपुर फुटबल क्वल (भक्तपुर एफसी) विजयी भएका छन्  । आयोजक भक्तपुर युवा टिमले बनेपा ब्वाइज क्लबलाई १–० ले हराएको थियो । विजेताको तर्फबाट क्रिजल खडकाले गोल हानेका थिए । 

दोस्रो खेलमा भक्तपुर एफसीले छोर्गान फुटबल क्लबलाई १० ले नै पराजित गरेको हो । भक्तपुर एफसीकोतर्फबाट खेल सुरु भएको ५८ औँ मिनेटमा अजय चौधरीले गोल गरेका थिए । खेल स्थानीय महेश्वरी खेल मैदानमा भइरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप