नेष्डो समृद्ध लघुवित्तको आईपीओ खुल्यो, कति दिने आवेदन ?
बुधबार, ११ फागुन २०७८, १० : ३६
नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको आइपीओ बुधबारबाट सर्वसाधारणका लागि खुल्ला भएको छ । कम्पनीले आजबाट प्रतिकित्ता १ सय रुपैयाँ अंकित ८ लाख २८ हजार ७५० कित्ता प्राथमिक सेयर (आईपीओ) निष्काशन गरेको हो । जसमध्ये ४१ हजार ४३७ कित्ता सेयर आर्थात् ५ प्रतिशत सेयर सामूहिक लगानी कोष र १२ हजार ७५० कित्ता अर्थात् ०.५ प्रतिशत कर्मचारीहरुका लागि छुट्याइए र बाँकी रहेको ७ लाख ७४ हजार ५६३ कित्ता सर्वसाधारणका लागि खुल्ला भएको छ ।
इच्छुक लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्ता सम्मका लागि आवेदन दिन सक्नेछन् । आवेदन भने छिटोमा फागुन १५ गतेसम्म र ढिलामा २५ गतेसम्म दिन सकिनेछ । कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । नेष्डो समृद्ध लघुवित्तले इक्रा नेपालबाट डबल बी रेटिङ पाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायल र हमासले छोडे १५ महिना लामो युद्ध, आइतबारदेखि पूर्ण युद्धविराम लागू हुने
-
चिसो कालीगण्डकीमा र्याफ्टिङ सञ्चालन
-
१२ बजे १२ समाचार : काठमाडौं जिल्ला अदालतमा ६० लाख धरौटी बुझाएर रवि रिहादेखि वकिलमाथि कार्यकर्ताको आक्रमण प्रयाससम्म
-
आरोही कान्छा शेर्पालाई एभरेष्ट टुरिजम लाइफटाइम एचिभमेन्ट अवार्ड
-
क्यान्सरविरुद्धको सबै एचपीभी खोप ल्याइयो
-
खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार