चेल्सीको सहज जीत
बुधबार, ११ फागुन २०७८, ०९ : ५४

च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा प्रिमियर लिग क्लब चेल्सीले फ्रेन्च क्लब लिलमाथि २–० को सहज जीत हासिल गरेको छ ।
घरेलु मैदानमा भएको खेलमा काइ हाभर्टज र क्रिस्टियिन पुलिसिचले गोल गर्दै चेल्सीलाई जीत दिलाएका हुन् । हाभर्टजले खेलको आठौँ मिनेटमा हकिम जियेचको पासमा गोल गरेका थिए भने ६३ औँ मिनेटमा पुलिसिचले एनगोलो कान्टेको पासमा गोल गरे । यो जीतले दोस्रो लेगअघि चेल्सीलाई फाइदा पुगेको छ । यो सिजन प्रतियोगिताको नकआउट चरणमा अवे गोलको नियम खारेज गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रीलङ्कामा हेलिकप्टर दुर्घटना, ६ जनाको मृत्यु
-
लोकतन्त्रको संरक्षण एवं न्यायपूर्ण समाज निर्माणमा न्याय र कानुन जगतको दायित्व : राष्ट्रपति पौडेल
-
पहिरोको जोखिममा दलित बस्ती
-
जाकाराण्डा फूलको संरक्षण गर्दै ललितपुर महानगर
-
आरआर क्याम्पसमा नेविसंघको विवाद के हो ?
-
राजसंस्था पुनःस्थापनाको माग गर्दै राजावादीहरुको मोटरसाइकल र्याली, तस्बिरमा हेर्नुहोस्