बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

एमसीसीबारे धारणा बनाउन लोसपाको बैठक बस्दै

बुधबार, ११ फागुन २०७८, ०९ : ३०
बुधबार, ११ फागुन २०७८

लोकतान्त्रिक समाजवादी पार्टी नेपालले मेलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को बारेमा आफ्नो धारणा बनाउन आज संसदीय दलको बैठक बोलाइएको छ । बबरमहलस्थित पार्टी कार्यालयमा पार्टीको शीर्ष नेतासहित संसदीय दलको बैठकमा एमसीसीको बारेमा छलफल हुने लोसपाका कार्यकारिणी सदस्य एवं प्रतिनिधिसभा सदस्य शरतसिंह भण्डारीले बताए ।

‘हाम्रो पार्टीबाट एमसीसीको बारेमा नेताहरूको व्यक्तिगत धारणा आएपनि पार्टीको आधिकारिक धारणा आएको छैन । पार्टीको धारणा के हो त त्यसको बारेमा छलफल गर्न आज हामीले संसदीय दलको बैठक बोलाएका छौँ, उनले भने, ‘आजको संसदीय दलको बैठकले एमसीसीको बारेमा धारणा तय गर्नेछ ।’ ​संसद्‍बाट एमसीसी पारित हुनुपर्छ भन्ने पक्षमा आफू रहेको बताउँदै उनले पार्टीको आधिकारिक धारणा आज सार्वजनिक गरिने बताए । एमसीसी नेपालको हितमा रहेको र यसलाई पारित गराउनु नै राम्रो हुने बताउँदै उनले कसैको जुँगाको लडाइँका कारण विकास कार्यलाई अवरोध गर्न नहुने बताए ।​ लोसपा सुरुदेखि नै एमसीसीको पक्षमा रहेको छ । पार्टीमा पनि सबै नेताबीच एमसीसीको बारेमा एकमत रहेको छ । आज संसदीय दलको बैठक बसी त्यसको आधिकारिक धारणा पार्टीमा सर्कुलर गर्नेछ ।

यसैबीच, संसदीय दलको बैठकपछि पार्टी शीर्ष नेताको पनि बैठक बस्नेछ । प्रदेश, जिल्ला तथा स्थानीय तहमा मनोनयन भएका पद तथा तदर्थ  समितिको बारेमा छलफल गर्नुको साथै अगामी कार्यकारिणी समितिको बैठकको एजेण्डा पनि तय गर्नेछ । पार्टीमा आन्तरिक द्वन्द्वका कारण बैठक बसिरहेको थिएन । हिजो लोसपाबाट केही नेता अलग भएपछि पार्टीका शीर्ष नेताहरूको बैठक सुरु भएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप