आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

भ्लाहोविचको कीर्तिमान तर रोकियो युभे

बुधबार, ११ फागुन २०७८, ०७ : ५२
बुधबार, ११ फागुन २०७८

डुसान भ्लाहोविचले च्याम्पियन्स लिगको डेब्यू खेलमा सबैभन्दा चाडो गोल गर्ने कीर्तिमान बनाए पनि युभेन्टस भिल्लेरियालसँग बराबरी खेल्न बाध्य भएको छ । अन्तिम १६ को पहिलो लेगमा दुई टोलीबीचको खेल १ १ को बराबरीमा सकिएको हो ।

गत महिना फ्लोरेन्टिनाबाट ५.८ करोड पाउन्डमा युभेन्टस भित्रिएका २२ वर्षीय सर्बियन खेलाडीले खेलको ३२ औँ मिनेटमा गोल गरेका थिए । तर दोस्रो हाफको ६६ औँ मिनेटमा ड्यानी परेहोले गोल गर्दै खेल बराबरी गरे । यो वर्षदेखि अवे गोलको नियम हटाइएको कारण अबको तीन हप्तामा टुरिनमा दुई टोली बराबरीको अवस्थामा नै भिड्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप