आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

गाउँपालिकाद्वारा एम्बुलेन्स सञ्चालन

बुधबार, ११ फागुन २०७८, ०६ : ४९
बुधबार, ११ फागुन २०७८

म्याग्दीको धवलागिरि गाउँपालिकाले एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । भौगोलिक रुपमा विकट उक्त गाउँपालिकाका बासिन्दालाई सहज र सर्वसुलभ रुपमा उपचार दिलाउन  एम्बुलेन्स खरिद गरिएको छ । 

विभिन्न प्रकृया पुरा गरी भारतबाट भन्सार छुटमा एम्बुलेन्स खरिद गरी कार्यविधि बनाएर सञ्चालनको तयारी गरिएको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले जानकारी दिइन् । 

“बिरामीलाई उपचारका लागि बेनी हुँदै पोखरा पु-याउन यातायातमा मात्रै रु ३० हजारसम्म खर्च हुने गरेको छ”, उनले भनिन् । समयमै सवारीसाधन पाउन मुस्कील हुने गरेको उनको भनाइ छ । समयमै र न्यून शुल्क तिरेर पुग्ने वातावरण सिर्जना गर्न एम्बुलेन्स सञ्चालन गर्न लागिएको पुनले बताइन् । 

गाउँपालिकाले काठमाडौँबाट रु १२ लाखमा एम्बुलेन्स खरिद गरेको जनाएको छ । गाउँपालिकाले दुई वर्ष अघि एम्बुलेन्स खरिदको प्रकृया अघि बढाएको थियो । कार्यपालिका बैठकमार्फत कार्यविधि निर्माण र समिति गठन गरी गाउँपालिकाको मातहतमा रहने गरी एम्बुलेन्स सञ्चालन गरिने बताइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप