सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

युक्रेनमा रहेका नागरिक उद्धार गर्दै भारत, के गर्दैछ नेपाल ?

मङ्गलबार, १० फागुन २०७८, १६ : ३२
मङ्गलबार, १० फागुन २०७८

रुसले युक्रेनका दुई प्रान्तलाई स्वतन्त्र घोषित गरेसँगै तनाव बढेको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले मंगलबार युक्रेनमा सेना पठाउन निर्देशन दिएका छन् । सो क्षेत्रमा संकट बढेसँगै भारतले आफ्ना नागरिकहरुलाई उद्धार गर्नका लागि उद्धार उडान सञ्चालन गर्ने भएको छ । युक्रेन र त्यसको सीमावर्ती क्षेत्रमा २० हजार बढी भारतीय बसोबास गर्ने भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । आज राति २५६ भारतीय छात्र युक्रेनबाट फर्किने बताइएको छ । भारतले थप उद्धार उडानहरु सञ्चालन गर्ने तयारी गरेको छ ।

यता नेपाल सरकारले पनि युक्रेनमा रहेका नेपाली नागरिकको उदारमा चासो राखेको छ । युक्रेनमाथि रुसले आक्रमण गर्ने तयारी थालेसँगै नेपाल सरकारले युक्रेनमा रहेका नेपाली नागरिकको उदारका लागि चासो देखाएको हो । 

परराष्ट्र मन्त्रालयका अनुसार जर्मनीमा रहेको नेपाली दूतावासमार्फत युक्रेनमा रहेका नेपाली नागरिकको तथ्याङ्क लिने काम भइरहेको छ । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालका अनुसार दूतावासमार्फत युक्रेनको अवस्थाबारे सरकारले बुझिरहेको छ । उनले भनिन्, ‘युक्रेनबाट नेपाली नागरिक ल्याउने भन्दा पनि अहिले त्यहाँ रहेका नेपालीको अवस्था बुझिरहेका छौँ । नेपाली कति छन् भन्ने यकिन तथ्याङ्क बुझिरहेका छौँ । युक्रेनमा भइरहेको घटनालाई नजिकबाट हेरिरहेका छौँ । अहिलेसम्म उदार गरिदिनु पर्‍यो भनेर कसैले भनेका छैनन् । उपयुक्त समयमा निर्णय लिन्छौँ ।’ 

युक्रेनमा करिब ३५ जना विभिन्न पेसा व्यवसाय गरिरहेको र करिब २ सय जना अमेरिका युरोप जान गएकोमा विभिन्न बाटोबाट युक्रेन गएको प्रवक्ता लम्सालले जानकारी गराइन् । उनले विस्तृत विवरण आउन भने बाँकी रहेको बताइन् । दूतावास र एनआरएनसँग सम्पर्क र समन्वय भइरहेको भन्दै उनले नेपालमा आउन चाहे सरकारले परिस्थिति हेरेर निर्णय गरिने बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप