पुलिस र एपिएफको खेल बराबरी

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत दुई विभागीय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल (एपिएफ) बीचको खेल बराबरीमा टुङ्गिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको पहिलो खेलमा पुलिस र एपिएफबीचको खेल १–१ गोलको बराबरी टुङ्गिएको हो । खेलमा पहिलो अग्रता भने पुलिसले लियो । खेलको सुरुआती पहिलो मिनेटमा सुमन लामाले एक गोल गर्दै पुलिसलाई पहिलो अग्रता दिलाए ।
त्यसपछि खेलको पहिलो हाफको ४१ औँ मिनेटमा एपिएफका प्रदीप लामाले एक गोल फर्काउँदै खेललाई एक– एक गोलको बराबरीमा ल्याए । खेलको दोस्रो हाफमा भने गोल हुन सकेन । यस बराबरी खेलसँगै पुलिसले १२ खेलबाट १२ अङ्क जोडेको छ । समान खेल खेलेको एपिएफको भने १५ अङ्क भएको छ ।
लिगमा बाह्रौँ चरणको खेलहरु चलिरहँदा विजेता र रेलिगेशनमा पर्ने टोलीहरूको भने टुङ्गो लागिसकेको छ । लिगको उपाधि मच्छिन्द्र क्लबले जितिसकेको छ भने च्यासल युथ क्लब र ब्रिगेड ब्वाइज क्लब रेलिगेशनमा परिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वसन्त ऋतुको हिमाल आरोहणबाट ७७ करोड रोयल्टी सङ्कलन
-
गायिका एवं कम्पोजर लक्ष्मीले ल्याइन् ‘जिन्दगीको गोरेटोमा’
-
रोचक प्रिमियर लिग : तीन खेलमा २-० को हारजित, दुई खेल २-२ को बराबरी
-
एल क्लासिकोमा बार्सिलोना विजयी, उपाधिको मुखैमा रियाललाई ठूलो झट्का, एम्बाप्पेको ह्याट्रिक गयो खेर
-
स्थापनाको ९ वर्षसम्म बनेन पालिकाको आफ्नै घर, भाडामै सकियो ६० लाख
-
१२ बजे, १२ समाचार : काठमाडौंका दुई निजी विद्यालयमा छापादेखि बालेनसँगको लफडाले काठमाडौंबाट हात झिक्दै सडक विभागसम्म