बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

युक्रेन–रुसको तनाव : आपूर्ति चिन्ताबीच तेलको मूल्य बढ्यो

मङ्गलबार, १० फागुन २०७८, १५ : ५६
मङ्गलबार, १० फागुन २०७८

युक्रेन–रुस संकटले विश्वभरी नै आपूर्तिमा अवरोध आउने आशंका बीच तेलको मूल्य वृद्धि भएको छ ।

रुसले पूर्वी युक्रेनको दुई ओटा क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएपछि मंगलबार उत्तरपश्चिम युरोपको ब्रेन्ट क्रुड (तेल बजार) को अन्तर्राष्ट्रिय मानांक सात वर्ष यताकै उच्च भएको छ । अर्थात् प्रति ब्यारेल ९७.७६ डलर पुुगेको छ । रुसले विद्रोहको नियन्त्रणमा रहेका युक्रेनका पूर्वी  भागलाई स्वतन्त्र राज्यको मान्यता दिएपछि रुसले उक्त क्षेत्रमा सेना पठाउने आदेश दिएको छ ।

एसियाली धितोपत्र बजार पनि ओरालो लागेर बन्द भएको छ र अमेरिकी  र युरोपेली सेयर बजारमा पनि गिरावट आएको छ ।

बेलायत र कयौँ पश्चिममा गठबन्धनले रुसमाथि प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् । रुस साउदी अरेबियापछि विश्वकै दोस्रो ठूलो तेल निर्यातक मुलुक हो । रुस विश्वकै ठूलो प्राकृतिक ग्यासको उत्पादक पनि हो ।

रुसले युक्रेनका दुुई क्षेत्रहरु डोनेत्सक र लुहान्सक स्वयं जन गणतन्त्र घोषणा गरेको क्षेत्रमा शान्तिका लागि सेना पठाउने बताएको छ ।

तर अमेरिकाले पिसकिपरलाई गैर व्यवहारिक व्यवहार भएको र रुसले युद्धको पूर्व अवस्था खोजको बताएको छ ।

युक्रेन–रुस संकटले तेलको मूल्यमा महत्वपूर्ण असर पर्न सक्ने म्यानुलाईफ इनभेस्टमेन्ट म्यानेजमेन्टकी सुई त्रिन्थले बताएकी छिन् ।

प्रतिबन्धले रुसलाई कम तेल र प्राकृतिक ग्यास आपूर्ति गर्न बाध्य बनाउँछ र यसले विश्वव्यापी अर्थतन्त्रमा महत्वपूर्ण असर पार्ने उनले थपिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप