शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

सामाजिक एकता पार्टीको घोषणा

मङ्गलबार, १० फागुन २०७८, १६ : ०५
मङ्गलबार, १० फागुन २०७८

निर्वाचन आयोगमा गत हप्ता दर्ता भएको सामाजिक एकता पार्टीको औपचारिक घोषणा भएको छ । मंगलवार काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा सि.बि गहतराजको अध्यक्षतामा सामाजिक एकता पार्टी घोषणा भएको हो ।  घोषणा सभामा बोल्दै पार्टीका अध्यक्ष गहतराजको पार्टीमा २१ जना पदाधिकारी रहेको र १५१ जना केन्द्रिय समिति सदस्य रहेको बताए । उनले पार्टीले एकताको सम्मान गरौँ समृद्ध नेपाल निर्माण गरौँ भन्ने मुल नारासहित पार्टी घोषणा भएको बताए । अध्यक्ष गहतराजले पार्टीले आफ्नो मान्यता र उद्देश्य कार्यकारी राष्ट्रपति र पारदर्शी सुशासन भ्रष्टाचार मुक्त नेपाल बोकेको बताए । 
 

घोषणा सभामा बोल्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य रामहरि खतिवडाले नेपाली राजनीतिमा अहिले द्वैध चरित्रको विकास भइरहेको भन्दै यो परिपाटीलाई अन्त्य गर्नुपर्ने बताए । उनले सरकारमा रहँदा र प्रतिपक्षमा रहँदा फरक कुरा गरेर कहिल्यै पार्टी र राजनीतिको विकास नहुने बताए । 

केन्द्रिय सदस्य खतिवडाले भने, ‘काम गरेर अघि बढ्ने परम्पराको शुरुवात गरौँ । जनताको भावनालाई कदर गरौँ । सर्प देख्दा दुला बाहिर हात, माछा देख्दा दुला भित्र हात गर्ने परिपाटीको विकास नेपालको राजनीतिमा भएको छ । जनतामा जाँदा एउटा कुरा गर्ने, सत्तामा जाँदा अर्को कुरा गर्ने पद्धतिको विकास भएको छ । त्यसको अन्त्यका लागि सामाजिक एकता पार्टी अघि बढोस् शुभकामना छ । हामी सत्तामा हुँदा एउटा कुरा र प्रतिपक्षमा हुँदा अर्को कुरा गर्छौं । यो पद्धति हामीबाट नै अन्त्य गरौँ । नेपालको राजनीति पार्टीका नेताहरुमा अहिले वचन र इमानदारिताको खडेरी परिरहेको छ । पार्टी खोलेर नाता, दाता, भ्राताहरुलाई राख्ने परिपाटी अन्त्य गर्नुपर्छ । यसको शुभकामना दिन चाहन्छु ।’

केन्द्रिय सदस्य खतिवडाले नेपाली राजनीतिमा नेताहरुमा वचन र इमानदारिताको खडेरी परेको उल्लेख गरे । उनले पार्टीमा नाता र परिवारलाई अधिकार सुम्पिने परिपाटीको अन्त्य गरेर अघि बढ्न पनि सामाजिक एकता पार्टीलाई शुभकामना दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप