आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

सातै प्रदेशमा अधिवेशन गर्दै नेपाल खेलकुद महासंघ

मङ्गलबार, १० फागुन २०७८, १५ : ४३
मङ्गलबार, १० फागुन २०७८

 नेपाल खेलकुद महासंघ (नेकोस) ले सात वटै प्रदेशमा प्रदेश अधिवेशन गर्न लागेको छ । फागुन ७ गते उपत्यका विशेष कमिटीको अधिवेशन सम्पन्न गरिसकेको नेकोसले अब सात भौगोलिक प्रदेशको अधिवेशन गर्न थालेको हो ।

जसअनुसार फागुन १४ गते बागमती प्रदेशको अधिवेशन मकवानपुरको हेटांैडामा, फागुन १६ गते सुदूरपश्चिम प्रदेशको अधिवेशन कैलालीको धनगढीमा तथा फागुन १८ गते कर्णाली प्रदेशको अधिवेशन सुर्खेतको वीरेन्द्रनगरमा आयोजना हुने नेकोसले जनाएको छ ।

त्यसैगरी फागुन १९ गते लुम्बिनी प्रदेशको अधिवेशन रुपन्देहीको बुटवल तथा गण्डकी प्रदेशको अधिवेशन कास्कीको पोखरामा र मधेश प्रदेशको अधिवेशन फागुन २० गते धनुषाको महेन्द्रनगरमा हुने जनाइएको छ ।

अभियान अन्तर्गत फागुन २१ गते झापाको सुखानीमा प्रदेश १ को अधिवेशनको समाप्तिसँगै महासंघका सबै प्रदेश कमिटीले नयाँ नेतृत्व पाउने नेकोसले जनाएको छ । प्रचारविभाग प्रमुख एवं प्रवक्ता उमेश केसीका अनुसार सबै प्रदेशका अधिवेशनबाट अध्यक्ष एक, उपाध्यक्ष दुई, सचिव एक, सहसचिव दुई तथा कोषाध्यक्ष एकसहित ७५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित हुनेछन् । सबै प्रदेश कमिटीका अधिवेशन पश्चात फागुन २८ गते महासंघ सम्बद्ध खेल संघहरुको संयुक्त भेला काठमाडौंमा आयोजना हुने जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप