शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

माघ महिनाभित्र निक्षेप संकलनमा नेपाल बैंक अब्बल

मङ्गलबार, १० फागुन २०७८, १५ : ४०
मङ्गलबार, १० फागुन २०७८

नेपालका २७ वाणिज्य बैंकमध्ये नेपाल बैंक लिमिटेड माघ महिनाभित्र निक्षेप संकलनमा अब्बल देखिएको छ । बैंकले निक्षेप संकलन तथा कर्जा विस्तार दुबैमा उच्च वृद्धि गरेको हो । माघ महिनामा निक्षेप संकलन वृद्धिको आधारमा नेपाल बैंक प्रथम स्थानमा र कर्जा विस्तारमा वृद्धिको आधारमा दोस्रो स्थानमा छ ।

माघमा बैंकले निक्षेप २१.२६ प्रतिशतले वृद्धि गरेको हो । कर्जा विस्तार पनि २८.५१ प्रतिशतले बढाएको छ । यो अवधिमा २७ मध्ये १६ वाणिज्य बैंकहरूको निक्षेप वृद्धि भएको छ भने १० वटा वाणिज्य बैंकहरूको निक्षेपमा गिरावट भएको देखिन्छ ।

वाणिज्य बैंकहरूको औसत निक्षेप वृद्धिदर १०.३७ प्रतिशत रहेको छ । पछिल्लो महिना २७ वटै वाणिज्य बैंकहरूको कर्जा विस्तारमा पनि वृद्धि भएको छ । औषतमा वाणिज्य बैंकहरूको कर्जा विस्तारमा १६ प्रतिशत वृद्धि भएको देखिन्छ । 

नेपाल बैंकले नेपालभर २१३ शाखा, १४७ एटीएम साथै ४७ एक्टेन्सन काउन्टरमार्फत करिब २० लाख ग्राहकहरूलाई वित्तीय सेवा पुर्याईरहेको दाबी गरेको छ । बैंकले पछिल्लो समय ग्राहक सेवा सुधारमा जोड दिइरहेको छ । प्रविधिमार्फत बैकिङ्ग सेवा प्रवाह गर्न पनि बैंक अग्रसर देखिन्छ । 

नेपाल बैंक देशकै पहिलो बैंक हो । सरकारी बैंक भएकाले पनि बचत एवम् मुद्दती खाताहरूमा निक्षेपकर्ताहरूको आकर्षण बढिरहेको नेपाल बैंकले दाबी गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप