मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

मोहन वैद्यले प्रचण्डलाई भने –एमसीसी राष्ट्रघाती छ, पास नगर्नुस्

मङ्गलबार, १० फागुन २०७८, २० : ००
मङ्गलबार, १० फागुन २०७८

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ बीच एमसीसीबारे छलफल भएको छ ।  ‘प्रचण्ड’ निवास खुमलटारमा मंगलबार बिहान भएको छलफलमा महासचिव वैद्यले एमसीसी सम्झौताका राष्ट्रघाती बुँदा संशोधन नगरी संसदमा टेबल गरेकोमा जिज्ञासा राखेका थिए । जवाफमा अध्यक्ष प्रचण्डले गठबन्धनमा सहमति भएर नै एमसीसी टेबल गरेको बताएका थिए । 

‘एमसीसी र त्यससँग जोडिएका विषयमा कुराकानी भयो । उहाँ (प्रचण्ड) ले गठबन्धनमा सहमति भएर नै टेबल गरेको तर मतदान गर्नुपरेको अवस्थामा विपक्षमा मतदान गर्छौ भन्नुभयो’, प्रचण्डसँगको भेटपछि महासचिव वैद्यले रातोपाटीसँग भने, ‘ यो राष्ट्रघाती छ पास गर्नुभयो भने राम्रो हुदैन भनेर मैले भनेँ ।’

त्यस्तै महासचिव वैद्यले प्रचण्डसँगको भेटवार्तामा एमसीसीको विरोधमा भएको प्रदर्शनमा समातिएका आफ्ना पार्टीका कार्यकर्तालाई विना शर्त छोड्न पहल गर्न सुझाव दिएका थिए । नेकपा (क्रान्तिकारी माओवादी) बसन्त बोगटी, सुनिता बुढाथोकी लगायतका कार्यकर्ता प्रहरीले नियन्त्रणमा लिएर मुद्दा चलाउने प्रयास गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप