सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

टस हारेर बलिङ गर्दै नेपाल

मङ्गलबार, १० फागुन २०७८, १५ : २६
मङ्गलबार, १० फागुन २०७८

आइसीसी टी-२० विश्वकप ग्लोबल छनोटको पहिलाे सेमिफाइलनमा मंगलबार संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध नेपालले टस हारेर बलिङ गर्ने भएको छ । ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो ३:४५ बजेदेखि सुरु हुनेछ । आजको खेलमा जित निकाले नेपाल  दोस्रो पटक विश्वकपमा छनोट हुनेछ । यसअघि नेपाल पहिलो पटक सन् २०१४ मा बंगलादेशमा भएको विश्वकपमा छनोट भएको थियो ।

नेपालले समूह ‘बी’ को विजेताको रुपमा सेमिफाइनलमा स्थान सुरक्षित गर्दा यूएई समूह ‘ए’ को उपविजेताको हैसियतमा सेमिफाइनल आएको हो । नेपाल समूह चरणका तीनै खेलमा जित निकाल्दै सेमिफाइनल प्रवेश गरेकाे हाे। नेपालले पहिलो खेलमा घरेलु टोली ओमानलाई ३९ रनले, दोस्रो खेलमा फिलिपिन्सलाई १३८ रनले र तेस्रो खेलमा क्यानडालाई आठ विकेटले पराजित गरेको थियो । यस्तै, समूह चरणका तीन खेलमध्ये दुईमा विजयी भएको यूएई एक खेलमा भने पराजित भएको थियो । समूह ‘ए’ बाट आयरल्यान्ड समूह विजेता बन्दै सेमिफाइनल प्रवेश हो ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाल र यूएईबीच भएको पछिल्लो चार टी- २० भेटमा दुबै टोलीले समान दुई खेलमा जित निकालेका छन् । यद्यपि, हालै ग्लोबल छनोटको तयारीका लागि खेलिएको खेलमा नेपाल यूएईसँग २५ रनले पराजित भएको थियो ।

यस अघि सन् २०१९ मा भएको तीन भेटमा भने नेपाल दुई पटक विजयी हुँदा यूएई एक पटक जित निकाल्न सफल भएको थियो । नेपालले यूएईलाई फेब्रुअरी १ र ३ मा भएको भेटमा क्रमश: ४ विकेट र १४ रनले पराजित गरेको थियो । यता, ३१ जनवरीमा भएको खेलमा यूएई ३१ रनको विजयी भएको थियो । 

कप्तान सन्दीप दुबै टोली एक अर्काविरुद्ध जानकार रहेको र यूएईबिरुद्ध  खेलाडी मानसिक रुपमा समेत तयारी भएको बताउछन् । फाइनल प्रबेश गर्ने टोली आगामी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टी-२० विश्वकप खेल्न पाउनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप