जलवायु परिवर्तन : चीनको भारी वर्षामा कोभिड लकडाउन कारक
सन् २०२० मा चीनमा भएको भारी वर्षामा कोभिडका कारण उत्सर्जनमा तीव्र गिरावट जोडिएको वैज्ञानिकहरूले बताएका छन् । हरितगृह ग्यासहरू र एरोसोल भनिने साना कणहरूमा गिरावटले वायुमण्डलीय परिवर्तनहरू निम्त्याउँदा तीव्र वर्षा भएको वैज्ञानिकहरुको बुझाइ छ ।
ग्रीष्म याममा भएको भारी वर्षमा सयौं मानिसको मृत्यु हुनुका साथै विस्थापित लाखौंलाई अन्यत्र स्थानान्तरण गरिएको थियो ।
तर, उत्सर्जनमा दीर्घकालीन कटौतीले यस्ता घटनाहरू उक्साहट गर्ने सम्भावना छैन् । सन् २०२० को जुन र जुलाईमा गएको भीषण वर्षाले पूर्वी चीनको अधिकांश क्षेत्रमा ठूला बाढीपहिरो गएका थिए ।
ग्रीष्म समयमा भएको कूल वर्षामध्ये एक तिहाई वर्षामा उत्सर्जनमा भएको कटौती जिम्मेवार भएको अनुसन्धानकर्ताहरु बताउँछन् । याङजी नदीमा सन् १९६१ पछिकै ठूलो वर्षा भएको थियो । अघिल्लो ४१ वर्षको अवधिको औसतको तुलनामा जुन र जुलाईमा ७९प्रतिशत वृद्धि भएको छ ।
धेरै वैज्ञानिक अध्ययनले बाढी हुनुका कारण अवलोकन गरिरहेका छन् । केही अध्ययनले हिन्द महासागरको चरम अवस्थाहरूलाई औंल्याएका छन् ।
कोभिड–१९ महामारीको समयमा भएका बन्दका कारण ग्रीनहाउस ग्यास र एरोसोलको उत्सर्जनमा अचानक कमी आएको र वर्षाको त्याे मुख्य कारण भएको वैज्ञानिकहरुको तर्क छ ।
पछिल्लो चार दशकमा वायुमन्डलमा एरोसोलको संख्यामा भएको बृद्धिले पूर्वी तथा मध्ये चीनमा गर्मी मौसममा हुने वर्षाको ठूलो मात्रा घटेको उनीहरुको अध्ययनमा उल्लेख छ ।
प्रायः कोइलाको जलनसँग सम्बन्धित यी कणहरू ठूला–ठूला आँधीका घटनालाई न्यून गर्न सक्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान