सोमबार, ०१ पुस २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन २६ फागुनदेखि

मङ्गलबार, १० फागुन २०७८, १४ : ३१
मङ्गलबार, १० फागुन २०७८

असोज अन्तिम सातादेखि रोकिएको गण्डकी प्रदेशसभाको अधिवेशन २६ फागुनदेखि चल्ने भएको छ । गण्डकी मन्त्रिपरिषद् बैठकले २६ फागुनमा आह्वान गरिदिन प्रदेश प्रमुखलाई सिफारिस गरेका छन् ।  २९ जेठपछि संविधानको कार्यान्वयन स्वरुप नयाँ सरकार गठन भएको थियो । नयाँ सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याएको छ । सोही बजेट अहिले कार्यान्वयनमा छ । 

हिउँदे अधिवेशनमा बढी विधेयकमाथि छलफल हुन्छ । सरकारले अधिकतम् विधेयक प्रदेशसभामा लैजाने र पारित गर्ने तयारी गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप