आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

अब पनि नामको टुङ्गो नलगाए लाज हुन्छ: मुख्यमन्त्री राई

मङ्गलबार, १० फागुन २०७८, १४ : २२
मङ्गलबार, १० फागुन २०७८

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नाम अब पनि टुङ्गो लगाउन नसके लाज हुने बताएका छन् । सरकारको आव्हानमा आज बसेको सर्वदलीय छलफलमा आफ्नो धारणा राख्दै मुख्यमन्त्री राईले यस्तो बताएका हुन् ।

उनले प्रदेशको नाम तोक्ने काम अन्य प्रदेशको तुलनामा पनि ढिलो भएको बताए । `सङ्ख्यामा पनि र चेतनामा पनि १ नम्बर भएर पनि लाज लाग्ने अवस्था भयो,´ उनले भने, `अब हिउँदे अधिवेशन र वर्षे अधिवेशन दुई वटा मात्रै भएको कारण अब ढिला नगरौँ, मौकालाई नगुमाऔँ । जनताकाे अपेक्षा र आवश्यकताले पनि छिटो गर्नुपर्नेछ ।´

पार्टीको निर्देशन अनुसार नै पार्टीको धारणा लिएर नै संसद्‍मा भूमिका सांसदहरूले खेल्ने भएको कारण पार्टी सहितको छलफल राखेको उनले बताए । `राजनीतिक परिवर्तनको घटनाक्रममा यो प्रदेशले महत्त्वपूर्ण भूमिका खेलेको छ । धेरै प्रधानमन्त्री पनि पाएको छ । यो अवस्थामा पनि नामको टुङ्गो लगाउन नसक्ने हाे भने त्यो लज्जाको विषय हो ।' उनले भने ।

`अब हामी अत्यन्तै जिम्मेवारीपूर्वक अगाडि बढौँ । एउटा पहिचान र अर्को भूगोल, मिश्रित पहिचानको अडानमा रहने हो भने नामको विषय टुङ्गोमा पुग्दैन । अब मेरो गोरुको बाह्रै टक्का नगरी लचकताका साथ आफ्नो दायित्व ठानेर दलहरूले पनि छलफल गर्नुपर्‍यो । त्यसखालकाे संयन्त्र बनाउने हो भने पनि अगाडि बढौँ ।´

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप