भारतीय राजदूतावासले मनायो ७४ औं सेना दिवस
नेपालस्थित भारतीय राजदूतावासले भारतको ७४ औं सेना दिवस मनाएको छ । के.एम करियाप्पाले भारतीय सेनाको कमाण्डर समालेको सम्झनामा प्रत्येक वर्ष भारतीय सेनाले सेना दिवस मनाउँदै आएको छ । कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले गोर्खा सेनाका परिवारको कल्याणका लागि काम गरिने बताए ।
उनले भारतीय र नेपाली सेनाबीचको गहिरो ऐतिहासिक साइनोको सम्झना गरे । यस्तै कार्यक्रममा नेपाली सेनाका सेनापति प्रभुराम शर्माले नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गरे । त्यस अवसरमा उनले भारतको ७४ औं सेना दिवसका अवसरमा त्यहाँका सेनापति एमएम नरवणेलाई शुभकामना दिएका छन् ।
सेनापति शर्माले कोभिड १९ को महामरी विरुद्धको लडाईमा भारतीय सेनाले नेपाली सेनालाई गरेको सहयोग र नेपाली सेनाको आधुनिक करणमा खेलेको भूमिकाको प्रशंसा गरे । समारोहमा पूर्व सेना प्रमुख, कुटनैतिक वृत्तका अधिकारी तथा नेपाल सरकारका उच्च अधिकारीको उपस्थित रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेता जीवनले मोडल सकीसँग गरे विवाह
-
मतदानका दिन यी सवारी साधनलाई हुँदैन रोकावट
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा
-
जापानका प्रधानमन्त्रीले फ्रान्स, ब्राजिल र पाराग्वेका भ्रमण गर्ने
-
आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने
-
पाटन स्वास्थ्य तथा विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह सम्पन्न