सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

युक्रेन संकट : बढ्यो तेलको मूल्य

मङ्गलबार, १० फागुन २०७८, १४ : १५
मङ्गलबार, १० फागुन २०७८

युक्रेन संकटले विश्वभर आपूर्ति शृंखला प्रभावित हुने डरले तेलको मूल्य बढेको छ । रुसले पूर्वी युक्रेनको दुई वटा क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएपछि मंगलबार उत्तरपश्चिम युरोपको ब्रेन्ट क्रुड (तेल बजार) को अन्तर्राष्ट्रिय मानांक सात वर्ष यताकै उच्च भएको छ ।

बेलायतलगायत पश्चिमेली गठबन्धनहरुले रुसमाथि प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् । साउदी अरेबियापछि रूस दोस्रो ठूलो कच्चा तेल निर्यातक हो । रुस विश्वकै शीर्ष तेल उत्पादक हो । म्यानुलाइफ इन्भेस्टमेन्ट म्यानेजमेन्टकी सु ट्रिन्हले सीमा तनावले ‘पर्याप्त प्रभाव’ पर्न सक्ने बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप