पक्राउ गरिएका कार्यकर्ता रिहा गर्न क्रान्तिकारी माओवादीको माग
मङ्गलबार, १० फागुन २०७८, १३ : ४९
नेकपा (क्रान्तिकारी माओवादी) ले यही फागुन ८ गते गरेको नेपाल बन्दका क्रममा पक्राउ परेका आफ्ना पार्टीका केन्द्रीय सदस्यलाई तत्काल रिहा गर्न आग्रह गरेको छ ।
मंगलबार पार्टी महासचिव मोहन वैद्य किरणले विज्ञप्ति जारी गर्दै अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा गरिएको नेपाल बन्दका क्रममा पक्राउ गरिएका केन्द्रीय सदस्य वसन्त बोगटी र सुनिता बुढाथोकीलाई रिहा गर्न आग्रह गरेका हुन् । साथै क्रान्तिकारी माओवादीले आफ्नो पार्टी र अन्य पार्टीका नेता तथा कार्यकर्तालाई लगाएका झुट्टा मुद्दाको निन्दा तथा भर्त्सना गर्दै उनीहरुलाई अविलम्ब एवम् निःशर्त रिहाइ गर्न माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनाव जितेपछि अमेरिकाबारे यसो भन्छन् फ्रिड्रिख मत्र्ज
-
यसरी फेरिँदैछ सहरीकरणको सम्भावना बोकेको रामपुरको स्वरुप
-
छोराको फिल्म नचलेपछि दुःखी छन् आमिर
-
अख्तियार वार्षिक प्रतिवेदन प्रतिवेदन संसद्मा पेस
-
सशस्त्रलाई तीन वटा कामको जिम्मा दिनुपर्छ : पन्त
-
नेपाल र चीनबिचको व्यापार र पारवहन क्षेत्रलाई थप सुदृढ बनाइने