बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

पक्राउ गरिएका कार्यकर्ता रिहा गर्न क्रान्तिकारी माओवादीको माग

मङ्गलबार, १० फागुन २०७८, १३ : ४९
मङ्गलबार, १० फागुन २०७८

नेकपा (क्रान्तिकारी माओवादी) ले यही फागुन ८ गते गरेको नेपाल बन्दका क्रममा पक्राउ परेका आफ्ना पार्टीका केन्द्रीय सदस्यलाई तत्काल रिहा गर्न आग्रह गरेको छ ।

मंगलबार पार्टी महासचिव मोहन वैद्य किरणले विज्ञप्ति जारी गर्दै अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा गरिएको नेपाल बन्दका क्रममा पक्राउ गरिएका केन्द्रीय सदस्य वसन्त बोगटी र सुनिता बुढाथोकीलाई रिहा गर्न आग्रह गरेका हुन् । साथै क्रान्तिकारी माओवादीले आफ्नो पार्टी र अन्य पार्टीका नेता तथा कार्यकर्तालाई लगाएका झुट्टा मुद्दाको निन्दा तथा भर्त्सना गर्दै उनीहरुलाई अविलम्ब एवम् निःशर्त रिहाइ गर्न माग गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप