आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

एमसीसीमा असहमति जनाउनेहरूले सरकार छाड्नुपर्छ : गोकर्ण विष्ट

मङ्गलबार, १० फागुन २०७८, १३ : ५८
मङ्गलबार, १० फागुन २०७८

नेकपा एमालेका सचिव गोकर्ण विष्टले सत्ता गठबन्धनका केही राजनीतिक दलहरूले एमसीसीका विषयमा दोहोरो चरित्र देखाएको आरोप लगाएका छन् । गृहजिल्ला गुल्मीको मुसिकोट नगरपालिका–५ आँपचौरको तल्लाफाँटमा सहिद पार्कमा निर्मित विभिन्न भौतिक संरचनाको उद्घाटन गर्दै  उनले भने,‘सत्ता मै रहेका कतिपय राजनैतिक दलका मित्रहरूले म मन्त्री भएको हैसियतले एमसीसीमा असहमति जनाउन मिल्दैन तर सांसदको हैसियतमा भने एमसीसी पास गर्न हुन्न भन्ने पक्षमा छु भनेको सुन्छु ।’

‘यस्तो पनि कहीँ हुन्छ ? उनले प्रतिप्रश्न गर्दै थपे,‘संसदीय इतिहासमा यस्तो लाज मर्दो, अनौठो तमासा अहिलेसम्म कहीँ कतै देखिएको थिएन । मन्त्री पद जोगाउनका लागि एमसीसीको पक्षमा हुने, बाहिर चाहिँ एमसीसीको विपक्षमा कार्यकर्ता उराल्ने ? एमसीसीको विपक्षमा भए सरकार छाड्नुपर्‍यो नत्र यस्तो तमासा देखाउनु भएन,’ उनले थपे । आफ्नो पार्टी  एमालेको तर्फबाट भने एमसीसीका बारेमा उनले धारणा खुलस्त पार्न सकेनन् । उनले भने, ‘एमसीसी लगायतका मुद्दामा नेकपा एमालेले राष्ट्र र जनताको हितमा निर्णय लिने छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप